आज घटस्थापनाको दिन यी राशिलाई धेरै शुभ !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाई दिनभर मानसिक रुपमा स्वस्थ रहनुहुनेछ। पारिवारिक जीवन सुखी रहनेछ। यात्राको योग बन्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। वैदेशिक व्यापारसँग सम्बन्धित व्यक्तिहरूले सफलता र नाफा प्राप्त गर्नेछन्। अनावश्यक वाद-विवादमा नपर्नुहोला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईं व्यवस्थित रूपमा तपाईंको काममा प्रगति गर्न र योजना अनुसार काम गर्न सक्षम हुनुहुनेछ। अपूर्ण कार्यहरू सफलतापूर्वक पूर्ण हुनेछन्। कार्यालयमा सहकर्मीको भरपूर साथ सहयोग प्राप्त हुनेछ। माइती पक्षबाट शुभ समाचार प्राप्त हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। जीवनसाथी र बच्चाहरूको बारेमा चिन्ता रहनेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, विशेषगरी पेट सम्बन्धि समस्या आउनसक्छ। विद्यार्थीहरूको लागि समय अनुकूल रहनेछ। मान-सम्मान तथा पद प्रतिष्ठामा आँच आउनसक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। छाती सम्बन्धि समस्या देखा पर्न सक्छ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। अत्यधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहनेछ। सामाजिक क्षेत्रमा मानहानि हुनसक्छ, सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कार्य सफलता तथा प्रतिस्पर्धी माथि जीत मिल्नाले मन प्रशन्न रहनेछ। भाइबहिनीहरूसँगको सम्बन्धमा असुधार आउनेछ। मित्र तथा प्रियजनसँग रमणीय यात्राको योग बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। भाग्यवृद्धिको योग रहेको छ। नयाँ काम सुरु गर्न शुभ दिन रहेको छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको लागि यस दिन शुभ रहनेछ। पारिवारिक वातावरण राम्रो रहनेछ। वाणीमा भने संयम राख्न जरूरी देखिन्छ। आर्थिक कार्य सफलताका साथ पूरा हुनेछ। यात्राको योग बन्नेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। सिर्जनात्मक क्षेत्रमा मन लाग्नेछ। परिवारमा सुख-शान्तिमय वातवरण रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनका साथै नयाँ वस्त्र पाएर तपाईं प्रशन्न रहनुहुनेछ। आर्थिक पक्ष मज्बोत हुनेछ। धन लाभ मिल्ने सम्भावना रहेको छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

रमाइलो तथा मनोरंजनमा पैसा खर्च हुनेछ। स्वास्थ्य बिग्रन सक्छ, ध्यान राख्नुहोला। मनमा चिन्ताको भाव हुनेछ। आफन्तसँग मदभेद हुनसक्छ। दुर्घटनाको योग रहेको हुँदा सावधान रहनुहोला। वाणी तथा क्रोधमा संयम राख्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक लाभ र सामाजिक प्रतिष्ठा पाउनुका साथै तपाईंले पारिवारिक जीवनमा पनि खुशीको अनुभूति गर्नु हुनेछ। आयमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा विशेष लाभ मिल्ने सम्भावना छ। रमणीय यात्राको योग बन्नेछ। पत्नी र छोराबाट लाभ हुने सम्भावना छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापारको क्षेत्रमा धन प्राप्तिक साथै मान-प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। सरकार, मित्र र आफन्तहरूबाट लाभ मिल्नेछ। गृहस्थ जीवन आनन्दमय रहनेछ। बच्चाहरूको प्रगतिले तपाईंलाई सन्तुष्टिको अनुभूति गराउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक रूपले अस्वस्थ भए पनि मानसिक स्वास्थ्य कायम रहनेछ। काम गर्ने उत्साह कम हुनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीहरुसँग सावधान रहनुहोला। यात्रा तथा मनोरंजन क्षेत्रमा खर्च हुनेछ। सन्तान सम्बन्धि चिन्ता रहनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आकस्मिक धन लाभ मिल्ने सम्भावना छ। मानसिक र शारीरिक श्रमको कारण स्वास्थ्य बिग्रन सक्छ। खर्च बढ्नेछ। यस दिन पानीसँग सावधान रहनुहोला। अनैतिक कार्य गर्नबाट बच्नुहोला। ईश्वरीय भक्ति र आध्यात्मिक विचारहरूले तपाईंको पीडा कम गर्दछ।

प्रकाशित : शुक्रबार, असोज ३०, २०७७२०:४१

कार्तिक महिना कुन राशिलाई कति शुभ ? हेर्नुहोस् मासिक राशि[फल !