कार्तिक महिना कुन राशिलाई कति शुभ ? हेर्नुहोस् मासिक राशि[फल !

मेष राशि 

अनपेक्षित रूपमा खर्च बढ्नाले आर्थिक पक्ष कमजोर रहनेछ। पारिवारिक समस्या आउन सक्छ। सफलता प्राप्त गर्नको लागि कडा परिश्रम गर्नु पर्ने देखिन्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। जीवनसाथीको स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला। अर्थ र स्वास्थ्यका हिसाबले लामो यात्रा नगर्नु नै राम्रो हुनेछ। विद्यार्थी वर्गको लागि महिना अनुकूल रहनेछ।

वृष राशि 

यस राशिको लागि यो महिना शुभ रहनेछ। भौतिक साधन जुट्नाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय अनुकूल रहनेछ। आर्थिक समस्या पनि समाधान हुनेछ। अधुरा रहेका कार्य पूरा हुनेछन्। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। शिक्षा तथा साहित्य क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यको हिसाबले यो महिना त्यति राम्रो नरहला।

मिथुन राशि 

कार्य सफलता प्राप्त गर्नको लागि कडा परिश्रम गर्नुपर्नेछ। दिगो कार्य सुरु गर्नको लागि समय अनुकूल रहेको छ। साझेदारीमा फाइदा हुनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी पेट सम्बन्धि समस्याले सताउन सक्छ। चोटपटक लाग्ने र फजुल खर्चको योग रहेकोले सजग रहनुहोला। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल नरहला। अध्ययनमा धेरै समय दिन नसकिए पनि प्रगति हुनेछ।

कर्कट राशि 

परिवारमा नकारात्मक वातावराण रहन सक्छ। आकस्मिक लाभ मिल्ने सम्भावना देखिन्छ। आयका स्रोत बढ्नेछ। व्यवसाय र नियमित काममा भने सोचे जसको फाइदा नहोला। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला। साथी-भाईको सहयोग भरपुर मिल्नेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ने हुनसक्छ।

सिंह राशि 

कार्यक्षेत्रमा केहि समस्या आएपनि महिना समग्रमा शुभफलदायी रहनेछ। नयाँ कार्य सुरु गर्न वा भविष्यको लागि योजना बनाउनको लागि समय शुभ रहनेछ। पेट र कब्जियतको समस्याले स्वास्थ्य कमजोर रहनेछ। चोटपटक लाग्ने योग रहेकोले सजग रहनुहोला। आर्थिक स्थिति मजबूत रहनेछ। व्यापार व्यवसायमा विशेष लाभ मिल्ने सम्भावना रहेको छ। लामो रमणीय यात्राको योग बन्नेछ।

कन्या राशि 

गृहस्थजीवनमा केहि समस्या देखा पर्न सक्छ। कार्यक्षेत्रमा विभिन्न नयाँ अवसर प्राप्त हुनेछ। सानो प्रयत्नले दिगो फाइदा दिलाउनेछ। नयाँ कार्य तथा व्यवसाय सुरु गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। साझेदारीमा केही विवाद आउन सक्छ। शत्रु तथा प्रतिस्पर्धीसँग थोरै सावधान रहनु पर्ने देखिन्छ। केही विवादास्पद काममा जुट्नुपरे पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ।

तुला राशि 

स्वास्थ्यको हिसाबले यो महिना राम्रो नरहला। टाउको दुखाइ र आँखाको समस्याले सताउन सक्छ। धेरै परिश्रम गर्नुपर्दा शारीरिक शिथिलता वा आलस्य बढ्नुका साथै उत्साहमा कमी आउने देखिन्छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। लामो यात्राको योग बन्नेछ। अधुरा रहेका कार्य पुन: प्रयास गर्दा सफल हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका प्रशस्त बाटाहरू फेला पर्नेछन्।

वृश्चिक राशि 

थोरै सफलता प्राप्त गर्नको लागि पनि कडा परिश्रम गर्नुपर्नेछ। स्वास्थ्यमा शिथिलता, कार्य विलम्ब, अत्याधिक खर्च जस्ता समस्या आउन सक्छन्। आर्थिक पक्ष कमजोर रहनेछ। साथी-भाई तथा आफन्तको भरपूर साथ सहयोग मिल्नेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहने छैन। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम रहनेछ। झुटा आश्वासन बाँड्नेहरूले फसाउन सक्छन्, सजग रहनुहोला।

धनु राशि 

नयाँ अवसर प्राप्त हुनेछन्। आयका स्रोत बढ्नेछ। अधुरा रहेका कार्य सफलताका साथ पूरा हुने देखिन्छ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। व्यापार व्यवसायमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। आफन्तसँग मदभेद हुनसक्छ। दाम्पत्य जीवनमा असमझदारी बढ्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मिहिनेतले जीवनशैलीमा सुधार आउनेछ।

मकर राशि 

सामाजिक तथा सार्वजनीक क्षेत्रमा मान-सम्मान तथा ख्याति मिल्नेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। पदोन्नतीको योग रहेको छ। व्यापार क्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना देखिन्छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, विशेषगरी खुट्टा सम्बन्धि समस्या आउनसक्छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

कुम्भ राशि 

दिगो योजनाका कार्य सुरु गर्नको लागि समय अनुकूल रहनेछ। शारीरिक थकान तथा कमजोरी महसुस हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। साथी-भाईको भरपूर साथ सहयोगले हरेक कार्य सरलताका साथ सम्पन्न हुनेछ। मिहेनत अनुसार सफलता मिल्नाले मन प्रशन्न रहनेछ। कला तथा साहित्य क्षेत्रमा सफलता मिल्नेछ। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ।

मीन राशि 

तपाईंको लागि यो महिना त्यति शुभ नरहला। आफन्तसँग मनमुटावको स्थिति बन्न सक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। आर्थिक पक्ष कमजोर रहनेछ। व्यापार व्यवासयमा पनि समय अनुकूल नरहला। कार्यक्षेत्रमा पनि सोचेको उपलब्धि नहुन सक्छ। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउनेछ।

प्रकाशित : शनिबार, कार्तिक ०१, २०७७१९:३६

भोलि नवरात्रीको दोस्रो दिन, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !