मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक र सार्वजनिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ। धन लाभको योग रहेको छ। पारिवारिक जीवनमा आनन्द र सन्तुष्टि अनुभव गर्नुहुनेछ। बोलीमा संयम राख्नु आवश्यक छ। समाधानकारी व्यवहारको कारणले अधिक लाभ हुने सम्भावना रहेको छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्य राम्रो रहनेछ। बिरामीको स्वस्थ्य्यामा सुधार आउनेछ। तपाईंका कार्यहरू योजना अनुसार पूरा हुनेछन्। आर्थिक लाभको सम्भावना छ। अधूरा कामहरू पूरा हुनेछन्। माइती पक्षबाट शुभ खबर मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर साथ सहयोग प्राप्त हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

जीवनसाथी वा सन्तानको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। मान-सम्मानमा आँच आउनसक्छ, ख्याल राख्नुहोस्। पेट सम्बन्धि समस्याले सताउन सक्छ। नयाँ कामको सुरूवातमा असफलताको सम्भावना छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मनमा ग्लानिको भावना रहनेछ। यस दिन मनमा खुशी, प्रफुल्लता र आनन्दको अभाव हुनेछ। परिवारका सदस्यहरूसँग झगडाको सम्भावना छ। अत्यधिक खर्च हुने हुँदा आर्थिक स्थिति कमजोर हुनसक्छ। छाती सम्बन्धि समस्या देखा पर्नसक्छ। खानपानमा विशेष ध्यान दिनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दाई-दिदीसँग निकटता बढ्नेछ, साथै समर्थन प्राप्त गर्नुहुनेछ। प्रेम सम्बन्ध मजबूत हुनेछ। रमणीय यात्राको योग बन्नेछ। मनासिक चिन्ताबाट राहत मिल्नेछ। कार्य सफलताको योग रहेको छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिवारमा हर्षको वातावरण हुनेछ। निर्धारित कार्य सरलताका साथ सम्पन्न हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। बौद्धिक छलफलमा प्रवेश नगर्नुहोस्। मिष्ठान्न भोजन मिल्नेछ। यात्राको योग बन्नेछ। व्यर्थको खर्च बढ्नेछ। आर्थिक पक्ष कमजोर रहला। विद्यार्थी वर्गको लागि समय शुभ छैन।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आर्थिक योजनाहरु व्यवस्थित रुपमा गर्न सक्नुहुनेछ। तपाईंको रचनात्मक शक्ति यस दिन सबै भन्दा राम्रो हुनेछ। शारीरिक र मानसिक रूपले स्वस्थ महसुस गर्नुहुनेछ। आत्मविश्वास तथा मनोबल बढ्नेछ। आनंद-प्रमोद र मनोरन्जनमा धन खर्च हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

क्रोध तथा वाणीमा संयम राख्नुहोला। शारीरिक शिथिलता र मानसिक चिन्ताले मन व्याकुल रहनेछ। सवारी साधन प्रयोग गर्दा विशेष ध्यान दिनुहोला। परिवारका सदस्यहरूसँग बहसको सम्भावना छ। आनंद-प्रमोद र मनोरन्जनमा धन खर्च हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक, सामाजिक र पारिवारिक क्षेत्रमा फाइदा लिन सक्नुहुन्छ। परिवार तथा साथी-भाईसँग रमणीय यात्राको योग बन्नेछ। व्यापारमा पनि लाभदायक दिन रहनेछ। परिवारमा सुख-शान्ति कायम रहनेछ। दाम्पत्य जीवन आनन्दमय रूपले बित्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिवार र बच्चाहरूको सन्दर्भमा, तपाईंले आनन्द र सन्तुष्टि अनुभव गर्नुहुनेछ। साथीहरू र प्रियजनहरूलाई भेटेर खुसी हुनुहुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। व्यापार क्षेत्रमा धन र प्रतिष्ठा बढ्नेछ। पदोन्नतीको योग रहेको छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरू तपाईंसँग प्रशन्न रहनेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रतिस्पर्धीहरुसँग बहस नगर्नुहोस्। शारीरिक रूपमा तपाईं अस्वस्थ रहनुहुनेछ। शिथिलता र आलस्य रहनेछ। तर पनि मानसिक प्रशन्नता रहनेछ। व्यापारमा उच्च अधिकारीहरुसँग काम गर्दा सावधान रहनुहोस्। सन्तानोको बारेमा चिन्ता रहनेछ। विदेशबाट शुभ खबर पाउनुहुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अनैतिक कार्यहरूमा संलग्न नहुनुहोस्। क्रोध र बोलीमा संयमित हुनुहोस्। स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोस्। मानसिक रूपमा, तपाईं अस्वस्थ रहनुहुनेछ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। अत्यधिक खर्च हुनेछ।

