पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।
आज १५ हजार ४३८ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ८०० जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ छ।
त्यस्तै, शनिबार थप १२ जनाको ज्यान गएसँगै हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७२७ पुगेको छ।
उपत्यकामा १७ सय भन्दा बढी संक्रमित
शनिबार काठमाडौं उपत्यकामा १७ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका हुन्।
आज थपिएकामध्ये काठमाडौंका मात्र १४५१ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १५३ र ललितपुरमा २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।