थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र १७ सय भन्दा बढी संक्रमित थपिए !

पछिल्लो २४ घण्टामा  देशभर ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख २९ हजार ३०४   पुगेको छ।

आज १५ हजार ४३८ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ८०० जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ८९  हजार ८ सय ४०  पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या  ३८ हजार ७ सय ३७  छ।

त्यस्तै, शनिबार थप १२ जनाको ज्यान गएसँगै हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७२७  पुगेको छ।

उपत्यकामा १७ सय भन्दा बढी संक्रमित 

शनिबार काठमाडौं उपत्यकामा १७ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये काठमाडौंका मात्र १४५१ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १५३ र ललितपुरमा २५२   जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : शनिबार, कार्तिक ०१, २०७७१६:२४

चीनले भन्यो – ‘नेपालको सीमा मिचेका छैनौँ, प्रो-इन्डियन पार्टी कांग्रेस त्यतिकै उचालिएको हो’