रहेनन् नेपाली चलचित्र क्षेत्रका प्रथम छायाकार बैकुण्ठ मास्के …

काठमाडौँ – नेपाली चलचित्र उद्योगका प्रथम छायाकार बैकुण्ठ मास्केको निधन भएको छ। मास्केको ८३ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

मास्केको निधन कोरोना भाइरस संक्रमणका कारण भएको बताइएको छ। उनी केही वर्षयता मृगौलाका विरामी समेत थिए। विगत ७ वर्षदेखि मिर्गौलाका बिरामी रहेका उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि आइतबार वनस्थलीस्थित मिर्गौला उपचार केन्द्रमा भएको थियो।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाजका अनुसार मास्केको निधन ललितपुर पुलचोकस्थित् निदान अस्पतालमा भएको हो। झण्डै ६ दशक निरन्तर चलचित्र क्षेत्रमा सक्रिय मास्केको निधनले चलचित्र प्राविधिक तथा चलचित्र क्षेत्रलाई ठूलो क्षती पुगेको लामाले बताए।

उनी २०२१ सालमा पुनास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन गरेर फर्किएका थिए । त्यसपश्चात उनले परिवर्तन, मनको बाँध, हिजो आज भोलि लगायत दुई दर्जन भन्दा बढी चलचित्र खिचेका छन्।

प्रकाशित : शनिबार, कार्तिक ०१, २०७७१७:१२

‘मै हुँ’ भन्ने यी ७ बलिउड कलाकार हलिउडबाट रिजेक्ट भएका थिए ! अडिसनबाटै यसरी फर्काइएको थियो!