‘मै हुँ’ भन्ने यी ७ बलिउड कलाकार हलिउडबाट रिजेक्ट भएका थिए ! अडिसनबाटै यसरी फर्काइएको थियो!

एजेन्सी- विश्वका प्राय कलाकारहरुको हलिउडमा काम गर्ने सपना हुने गर्छ। यस्तै बलिउड एक ठूलो चलचित्र उद्योग भएता पनि बलिउड कलाकारहरु हलिउडमा काम गर्ने इच्छा राख्छन्।

केहि बलिउड कलाकारहरुले हलिउडमा पनि ठाउँ पाएका छन्। तर केहि कलाकारहरुले भने अथक प्रयास पछि पनि हलिउडमा देखा पर्ने मौका पाएका छैनन्।

हलिउड चलचित्रको लागि अडिसन दिन जाँदा रिजेक्ट भएका बलिउड सुपरस्टारहरु निम्न उल्लेखित छन्।

रणवीर सिंह

बलिउडमा रणवीर पछिल्लो समय सबै भन्दा धेरै सफल नायक रहेका छन्। तर उनी हलिउडमा भने रिजेक्ट भैसके। यसबारे एक अन्तर्वार्ताको क्रममा उनी आफैंले खुलासा गरेका थिए। जसक्रममा उनले व्यस्तताको कारण तयारी गर्न नसक्दा आफू हलिउड अडिसनमा असफल भएको बताएका थिए।

प्रियंका चोपडा

हालको समयमा हलिउड र बलिउड दुवैमा जमेकी प्रियंका कुनै एक समयमा हलिउड अडिसनको क्रममा रिजेक्ट भएकी थिइन्। आफू धेरै पटक हलिउडमा रिजेक्ट भएको प्रियंकाले विभिन्न अन्तर्वार्ताको क्रममा खुलासा गर्दै आएकी छन्।

दीपिका पादुकोण

बलिउडकी अत्याधिक सफल नायिका दीपिका पादुकोणले हलिउडमा समेत काम गरिसकिन्। हलिउडका ठूला चलचित्र सिरिजमा काम गरिसकेकी दीपिका कुनै समयमा भने रिजेक्ट भएकी थिइन्।

कंगना रनावत

कंगनालाई बलिउडमा छुट्टै धारकी नायिकाको रुपमा चिन्ने गरिन्छ। महिला प्रधान चलचित्रमा आफ्नो दमदार अभिनयको चिनिने गरेकी कंगना पनि हलिउडमा अडिसन दिन गएकी थिइन्। उनले चलचित्र फ़ास्ट एन्ड फ्यूरियस ७को अडिसन दिएकी थिइन्। तर उनलाई रिजेक्ट गरिएको थियो।

चित्रांगदा सिंह

बलिउडमा हरेक तरिकाका भूमिका निभाइसकेकी चित्रांगदालाई पनि हलिउडमा काम गर्ने भुत चढेको थियो। उनी पनि फ़ास्ट एन्ड फ्यूरियस ७को अडिसनको लागि गएकी थिइन्। तर उनको प्रदर्शनले निर्मातालाई सन्तुष्ट बनाउन सकेन। जसकारण उनलाई पनि रिजेक्ट गरियो।

सोनम कपूर

बलिउडमा सफल मानिएकी सोनामले फरक-फरक भूमिका निभाउने गरेकी छिन्। उनी पनि एक हलिउड चलचित्रको अडिसनको लागि गएकी थिइन्। पाइरेट्स अफ द क्यारेबियनको लागि अडिसन दिंदा सोनाम रिजेक्ट भएकी थिइन्।

प्रकाशित : शनिबार, कार्तिक ०१, २०७७१९:१९

‘माओवादीहरू ओलीको चरणमा लम्पसार परे’