सुनील दत्तको घरमा १५०० रुपैयामा काम गर्थे शक्ति कपूर, एक घटनाले बदलेको थियो जिन्दगी!

९० को दशकमा बलिउडमा एक से एक भिलेन थिए जसले आफ्नो अभिनयले हिरोले भन्दा धेरै नाम कमाए ।  ति मध्ये एक थिए शक्ति कपूर । बलिउडमा सबै भन्दा धेरै भिलेनको रोल निभाउने शक्ति कपूर केहि समय अगाडी मात्रै ६७ वर्षको भए।

शक्ति कपूर जति आफ्नो  खलनायक भूमिकाले चर्चित छन् त्यति नै आफ्नो कमेडीले पनि चर्चित छन्। शक्ति कपूर पर्दामा जति राम्रो अभिनय गर्छन् त्यति नै उनको अभिनेता बन्ने कहानी रोचक छ। शक्ति कपूर जब फिल्म इंडस्ट्रीमा आएका थिए उनको नाम सुनिल थियो।  पछि सुनील दत्त र नरगिसले उनको नाम  बदल दिएर  शक्ति राखिदिएका थिए । जब शक्ति कपूरसँग कुनै पनि काम थिएन तब सुनील दत्तले उनलाई महिनाको १५०० दिन्थे ।

यति मात्र नभई उनी विनोद खन्नाको घरमा ५ वर्ष बसेका थिए।  एक कार एक्सिडेन्टको कारण शक्तिको भेट फिरोज खानसँग भएको थियो र उनले फिल्म कुर्बानीमा काम गर्ने मौका पाएका थिए।

त्यसबाट नै शक्तिलाई पहिचान मिलेको थियो। शक्ति कपूर अहिले पर्दाबाट टाढा भएपनि उनले आफ्नो फिल्मी करियरमा कैयौँ हिट फिल्ममा दिएका छन्।  शक्ति कपूरले  शिवांगी कोल्हापुरीसँग  १९८२  मा बिहे गरेका थिए।  उनीहरुको एक छोरी श्रद्दा कपूर र छोरा  सिद्धांत कपूर रहेका छन्।  श्रद्दा फिल्मकी  चर्चित अभिनेत्री हुन्।

प्रकाशित : आइतबार, कार्तिक ०२, २०७७१७:५०

६५० करोड बढी सम्पतिका मालिक हुन् अल्लू ! जुत्ता र कपडामा मात्रै खर्च गर्छन् करोडौं !