६५० करोड बढी सम्पतिका मालिक हुन् अल्लू ! जुत्ता र कपडामा मात्रै खर्च गर्छन् करोडौं !

एजेन्सी- बितेको केहि वर्षमा दक्षिण भारतीय चलचित्रले धेरै प्रगति गरेको छ। बजार बढेसँगै दक्षिण भारतीय चलचित्रहरुले फ्यानवेस पनि उत्तिकै बढाएको छ। गुणस्तर, कथा, मनोरन्जन आदि कुराहरुमा उल्लेखनीय सुधार गरेको कारणनै दक्षिण भारतीय चलचित्रहरुले बलिउडलाई टक्कर दिन थालेको हो।

त्यहि बलिउडलाई टक्कर दिने दक्षिण भारतीय चलचित्र नगरीमा उदाएको एउटा नाम हो अल्लु अर्जुन। अल्लू अर्जुन फिल्मी दुनियामा सानै हुँदा प्रवेश गरेका थिए। बाल-कलाकारको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले अहिले सम्म धेरै हिट चलचित्र दिइसके।

एक पछि अर्को हिट चलचित्र दिंदै आएका अल्लु अर्जुनको स्टारडम् पछिल्लो समयमा ह्वातै बढेर गएको छ। दक्षिण भारतीय चलचित्र क्षेत्रमा अल्लू महँगा नायकहरुमा पर्छन्। एक श्रोतका अनुसार उनी एक चलचित्रमा काम गरेको २० देखि २५ करोड भारतीय रुपैंया सम्म लिन्छन्।

महँगो नायक भएको नाताले उनी धनि नायक पनि हुन्। उनीसँग लगभग ६२ मिलियन डलर बराबरको सम्पति रहेको बताउने गरिन्छ। सौखिन स्वभावका अल्लुको हैदरावादमा नेपाली १६० करोड रुपैंया सम्म पर्ने बंगला रहेको छ। हैदरावाद स्थित जुबली हिल्समा रहेको उनको बंगलाका तस्विरहरु उनी सामाजिक संजालमा पनि शेयर गर्ने गर्छन्।

स्टाइलिश स्टारको उपनामले परिचित अल्लू कपडा र फेसनमा ज्यादै खर्च गर्छन्। सन् २०१८ मा ६५ हजार भारतीय रुपैंया पर्ने टिशर्ट र डेढ लाख पर्ने जुत्ता लगाएर उनी एक पार्टीमा पुगेका थिए। जुन बेला उनको ज्यादै चर्चा भएको थियो।

फेसनमा भन्दा बढी अल्लू कारको मामलामा बढी सौखित छन्। उनीसँग करोडौं पर्ने कार कलेक्सन रहेको छ। अल्लूसँग रेन्ज रोवर, जगुआर, अडी जस्ता कारजा कलेक्सन छन्। ४ देखि ५ करोड भारतीय रुपैंया सम्म पर्ने कारहरुका पनि उनी धनि हुन्। उनीसँग BMW X6 ग्रुपको एक कार पनि छ।

प्रकाशित : आइतबार, कार्तिक ०२, २०७७१७:५१

चल्दा-चल्दै पनि बलिउडबाट एकाएक गुमनाम भए यी नायिकाहरु !