चल्दा-चल्दै पनि बलिउडबाट एकाएक गुमनाम भए यी नायिकाहरु !

चलचित्र उद्धयोगमा कोहि एक समयमा धेरै चर्चामा आउने गरेछन्। तर समयसँगै चर्चा पनि हराएर जाने गर्छ। बलिउडमा डेब्यु गर्ने समयमा धेरै राम्रो प्रतिक्रिया पाएको भएता पनि अन्य चलचित्रमा भने खासै राम्रो प्रतिक्रिया नपाएका नायक-नायिकाहरु धेरै भेटिने गर्छन्। कोहि भने चल्तीमा हुँदा-हुँदै पनि विभिन्न कारणले गर्दा चलचित्र क्षेत्रबाट गायब हुने गर्छन्। आज हामी केहि ३ बलिउड नायिकाको बारेमा बताउने छौँ,जो बलिउडबाट एकाएक गायब भए।

सुष्मिता सेन

आफ्नो सौन्दर्य साथै अभिनयका कारण कुनै समय धेरै चर्चामा रहने सुष्मिता सेन २०१० देखि बलिउडबाट टाढा रहेकी छिन्। मिस यूनिवर्स समेत बनिसकेकी यी नायिका विभिन्न समयमा चलेका चलचित्रमा काम गर्ने नायिकाको रुपमा रहने गर्थिन्। बलिउडबाट टाढा हुनुको पछाडिको उनको पारिवारिक जीवन रहेको बताइने गरिन्छ। आफ्नो सन्तानको हेरचाह गर्नको लागि उनि बलिउड देखि टाढा भएको उनि बताउने गर्छिन्।

अमीषा पटेल

“कहो न प्यार हे” नामक चलचित्रबाट बलिउडमा पाइला राखेकी उनको कुनै समयमा धेरैनै चर्चा हुने गर्थ्यो। आफ्नो सुन्दरता साथै मासूम लुक्सका कारण धेरैले रुचाइएकी नायिका २०१३ साल देखि गायबनै भएकी हुन्। २०१३ साल देखि बलिउडमा एक पनि चलचित्र नगरेकी उनि त्यस समयमा धेरै नै खोजि हुने नायिका मध्य एक रहेकी थिइन्। आहिले उनि सामाजिक संजालमा मात्रै सक्रिय रहेकी छिन्।

आयशा टाकिया

यी नायिका पनि धेरै उचाइमा रहेको समयबाट अभिनय छोड्नेहरुमा पर्ने गर्छिन्। आफ्नो सुन्दरता साथै अभिनयका कारण धेरै चर्चा कमाएकी आयशा २०११ साल पछि कुनै पनि क्चलचित्रमा देखा परेकी छैनन्। वान्टेड जस्ता चलचित्रमा सलमान खानसँग काम गरिसकेकी उनि बलिउडबाट विवाह गरेर एकाएक गायब भएकी हुन्। उनि सामाजिक संजालमा पनि खासै सक्रिय हुने गर्दिनन्।

प्रकाशित : आइतबार, कार्तिक ०२, २०७७१७:५२

सलमान-आमिर देखि टाइगर-श्रद्धा सम्म यी कलाकार सँगै पढेका थिए !