सलमान-आमिर देखि टाइगर-श्रद्धा सम्म यी कलाकार सँगै पढेका थिए !

बलिवुडमा यस्ता कलाकारहरु छन जो यस उद्योगमा प्रवेश गर्नु पुर्व नै एकआपसमा साथी थिए।  र एक अर्कालाई राम्रै संग पनि चिन्थे।  आज हामी बलिवुडका यस्ता सेलिब्रेटीको बारेमा कुरा गर्न जादै छौं जसले एक साथ एकै स्कुलमा पढेका थिए , आउनुहोस को को हुन् त ति कलाकर्मीहरु

सलमान खान र आमिर खान

बलिवुडका दबंग खान सलमान र मिस्टर परफेक्टनिस्टका नामले परिचित आमिर खान एकै उमेरका नायकहरु हुन र यी दुईले एकै साथ एकै क्लासमा अध्ययन गरेका हुन्।

करण जोहर र ट्विंकल खन्ना

बलिवुडका सफल निर्देशक करण जोहरले बोर्डिंग स्कुलबाट आफ्नो पढाई गरेका थिए। जहाँ कारण पढ्ने गरेको स्कुलमा अभिनेत्री ट्विंकल खन्नाले पनि पढ्ने गरेकी थिइन् जुन कुरा ट्विंकलले आफ्नो अटोबायोग्राफीमा समाबेश गरेकी छिन।

करण जोहर र अपूर्व मेहता

चलचित्र  ‘ ओके जानू ‘ तथा ‘ बद्री की दुल्हनिया ‘ जस्ता चलचित्र निर्देशन गरिसकेका चलचित्र निर्देशक अपूर्व मेहताले पनि करण र ट्विंकल खन्नाको साथमा एकै स्कुलमा पढेका हुन् ।

श्रद्धा कपूर र टाइगर श्रफ

बाघी एक्ट्रेस श्रद्धा कपुर र टाइगर श्राफले पनि बच्चामा एकै स्कुलमा पढेका हुन्।  यी दूइ मुम्बईको एक स्कुलको क्लासमेट थिए।

कृष्णा श्रफ तथा अथिया शेट्टी

टाइगर श्रफकी बहिनी  कृष्णा र सुनील शेट्टीकी बहिनी अथियाले पनि एकै स्कुलमा पढेका थिए। यी दुई टाइगर र श्रद्धा भन्दा जम्मा २ बर्ष जुनियर थिए ।

वरुण धवन र अर्जुन कपूर

वरुण धवन र अर्जुन कपूरके पनि एकसाथ एकै क्लासमा पढेका हुन्। बच्चा बेला देखि नै अभिनयका भुत चढेका बरुणका साथमा अर्जुनले बिद्यार्थी जीवनमा एक सर्ट मुभिमा समेत काम गरेका थिए।

अनुष्का शर्मा र साक्षी सिंह धोनी

क्रिकेटर महेंद्र सिंह धोनी की पत्नी साक्षी सिंह धोनी र भारतीय क्रिकेट टीम का कप्तान विराट कोहली की पत्नी अनुष्का शर्मालर पनि आसाम स्थित एक स्कुलमा एकसाथ पढ्ने गर्थे। दुवै सेलिब्रिटी श्रीमतीले आसामको ‘एसटि मर्यस स्कुल मर्घेरिता’ स्कुलमा क्लासमेट थिए।

-एजेन्सी

प्रकाशित : आइतबार, कार्तिक ०२, २०७७१८:०१

देख्दा धेरै नै फरक देखिने यी कलाकारको उमेर एकै हो भन्दा विश्वास नलाग्न सक्छ ! हेर्नुहोस् !