देख्दा धेरै नै फरक देखिने यी कलाकारको उमेर एकै हो भन्दा विश्वास नलाग्न सक्छ ! हेर्नुहोस् !

एजेन्सी – एकै उमेर भएर पनि एक व्यक्ति अर्को व्यक्ति भन्दा जवान देखिन्छ भने सोहि उमेरको अर्को व्यक्ति भन्दा वृद्ध पनि देखिन सक्छ। एकै उमेरका भएर पनि फरक-फरक देखिनु कुनै अचम्मको कुरा होइन। यस्तो हुनुमा धेरी कारणहरु हुन्छन्।

बलिउडमा पनि उमेर एकै भएर पनि धेरै फरक देखिने कलाकारहरु छन्। आज हामी यस लेखमा उमेर एउटै भएर पनि धेरै फरक देखिने कलाकारहरु बारे बताउँदै छौं।

बलिउड अभिनेत्री कोन्कणा सेन र नरगिस फाखरीको उमेर बराबर हो। उनीहरु दुवैको उमेर ४० वर्ष छ। तर नरगिस कोन्कणा भन्दा धेरै कान्छी देखिन्छिन्।

आमिर खानसँगै चलचित्र लगानमा देखिएकी ग्रेसी सिंह आजकल पर्दामा खासै देखिनन्न। बलिउड चलचित्रमा ग्रेसीलाई सन् २०१३ देखि देखिएको छैन। उमेरको कुरा गर्ने हो भने ग्रेसीको उमेर ३९ वर्ष हो। तर करिना कपूरको उमेर पनि ३९ वर्ष नै हो। तर करिना ग्रेसी भन्दै धेरै कान्छी देखिन्छिन्।

बलिउडमा दिग्गज नायक अनिल कपूर र आलोक नाथ एकै उमेरका हुन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। तर, यो वास्तविकता हो। एकै उमेर भएर पनि आलोक नाथ अनिल भन्दै धेरै बुढो देखिन्छन्।

हेमा मालिनी र जया बच्चन बलिउडमा राम्रो नाम बनाइसकेका अभिनेत्रीहरु हुन्छ। यी दुवैको जन सन् १९४८ मा भएको थियो। उमेर एकै भएता पनि जया हेमा भन्दा धेरै बुढी देखिन्छिन्।

शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी सिन्हा र शक्ति कपूरकी छोरी श्रद्धा कपूरको जन्म एकै वर्ष भएको थियो। उमेरले यी दुई ३२ वर्ष भए।। तर श्रद्धा सोनाक्षी भन्दा धेरै कान्छी देखिन्छन्।

टेलिभिजन सुपरस्टार राम कपूर र बलिउड अभिनेता फरहान अख्तर एकै उमेरका हुन्। दुवैको उमेर ४५ वर्ष हो। उमेर एकै भएता पनि यी दुई देख्दा भने धेरै फरक देखिन्छन्। राम कपूर फरहान भन्दा धेरै नै बुढा देखिन्छन्।

सैफ अली खानकी बहिनी सोहा अली खान र राखी सावंत दुवैको उमेर ४० वर्ष हो। तर, राखी भन्दा सोहा धेरै जवान र राम्री देखिन्छिन्। यी दुईको उमेर एकै हो भनेर विश्वास गर्न धेरैलाई गार्हो पर्न सक्छ।

बलिउड नायक शाहरुख खान र आदित्य पंचोली दुवैको जन्म सन् १९६५ मा भएको थियो। आदित्यको तुलनामा शाहरुख धेरै नै जवान देखिन्छन्।

प्रकाशित : आइतबार, कार्तिक ०२, २०७७१८:०६

जब अनुमति बिना नै करिश्माले बिस्कुट खाएको तस्बिर विज्ञापन बनेर छापियो…