भारतद्वारा एक चिनियाँ सैनिक नियन्त्रणमा !

एजेन्सी – भारतले एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ। सोमबार बिहान भारतीय सेनाले एक चिनियाँ सैनिकलाई लद्दाखबाट नियन्त्रणमा लिएको हो।

चीनका एक सैनिकलाई भारतीय भूमिबाट नियन्त्रणमा लिइएको र उनी माथि अनुसन्धान भइरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। पक्राउ परेका चिनियाँ सैनिक जासुसी गर्न आए/नआएको विषयमा अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेमा पिपल्स लिबरेसन आर्मी (पिएलए) अमल्दार वाङ या लोङ रहेको बताइएको छ। उनी पिएलएका बन्दुक मर्मत गर्ने सैनिक रहेका छन्। पक्राउ पर्दा उनीबाट सैन्य कागजातहरू बरामद गरिएको भारतीय संचार मध्यमहरुले जनाए।

भारतले नियन्त्रणमा लिएको सैनिकलाई छाड्न चीनले आग्रह गरेको छ। लद्दाखको दिमचोक एरियाबाट पक्राउ परेका उनलाई छाड्न पिएलएको आग्रह छ।

पक्राउ परेका लोङलाई आवश्यकता अनुसार अक्सिजन, खाना र न्यानो कपडा दिइएको छ भने छाड्ने विषयमा प्रक्रिया अगाडी पनि बढाइएको छ। भारत र चीनबीचको प्रोटोकलका अनुसार ती औपचारिक कामपछि चिनियाँ सैनिकलाई फिर्ता गरिनेछ।

प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७१९:३०

निशुल्क कोरोना उपचार पाउन के गर्ने ? यस्ता छन् पेश गर्नुपर्ने कागजातहरु !