यूईएफए च्याम्पियन्स लिग: मेस्सीले बनाए ३ रेकर्ड !

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा शानदार शुरुवात गरेको छ। मंगलबार राति भएको खेलमा फेरेन्कभारोसलाई ५-१ ले पराजित गर्दै बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा शानदार शुरुवात गरेको हो।

बार्सिलोनाको जीतमा लियोनेल मेस्सी, अन्सु फाती, फिलिपे कोउटिन्हो, पेड्री र ओस्मान डेम्बेलेले गोल गरे। जस मध्ये मेस्सीले पेनाल्टी मार्फत गोल गरेका थिए।

पेनाल्टी मार्फत गोल गरेपनि मेस्सी नयाँ रेकर्ड बनाउन सफल भएका छन्। मंगलबार एक गोल गरेपछि मेस्सी यूईएफए च्याम्पियन्स लिगको १६ सिजनमा लगातार गोल गर्ने खेलाडी बनेका छन्।

यूईएफए च्याम्पियन्स लिगको १६ सिजनमा लगातार गोल गर्ने मेस्सी एक मात्र खेलाडी भएका छन्। यस भन्दा अगाडी कुनै पनि खेलाडीले लगातार १६ सिजन सम्म गोल गर्न सकेका थिएनन्।

बने अन्य दुई रेकर्ड

मंगलबार राति भएको खेलमा मेस्सीले अन्य केहि रेकर्ड पनि बनाएका छन्। मेस्सी यूईएफए च्याम्पियन्स लिगमा भिन्न-भिन्न ३६ क्लब विरुद्ध गोल गर्ने एकमात्र खेलाडी बनेका छन् भने उनी यूईएफए च्याम्पियन्स लिगको ग्रुप स्टेजमा ६९ गोल गर्ने पहिलो खेलाडी भएका छन्।

मेस्सीको प्रशंसा

मंगलबार मेस्सीको प्रदर्शनलाई लिएर बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले खुशी व्यक्त गरेका छन्। मेस्सीले सुधारिएको प्रदर्शन गरेको भन्दा उनले खुशी व्यक्त गरेका हुन्।

मंगलबारको खेलमा एक गोलको अलावा एक असिस्ट समेत गरेका मेस्सीको प्रदर्शनलाई लिएर कोम्यान खुशी मात्र नभई थप आशावादी पनि भएका छन्।

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७१०:४१

“मेस्सी अहिले पनि मेस्सी नै छन्”