“मेस्सी अहिले पनि मेस्सी नै छन्”

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा शानदार शुरुवात गरेको छ। मंगलबार राति भएको खेलमा फेरेन्कभारोसलाई ५-१ ले पराजित गर्दै बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा शानदार शुरुवात गरेको हो।

बार्सिलोनाको जीतमा लियोनेल मेस्सी, अन्सु फाती, फिलिपे कोउटिन्हो, पेड्री र ओस्मान डेम्बेलेले गोल गरे। जस मध्ये मेस्सीले पेनाल्टी मार्फत गोल गरेका थिए।

मंगलबारको खेलमा मेस्सीले तीन रेकर्ड बनाउँदा अन्सु फातीले पनि एक रेकर्ड बनाए। मंगलबार गोल गरेपछि फातीले दुईवटा च्याम्पियन्स लिगमा लगातार गोल गर्ने १८ वर्षमुनिको पहिलो खेलाडी बनेका छन्।

खेल पश्चात फाती मेस्सीको प्रशंसामा उत्रिए। उनले मेस्सी कुनै पनि तरिकाले गोल गर्न सक्षम रहेको बताए। उनले मेस्सीबाट धेरै कुरा सिक्न बाँकि रहेको पनि बताए।

“मेस्सी अझै मेस्सी नै छन्। मेस्सी कुनै पनि तरिकाले गोल गर्न सक्छन्।”,उनले भने,”उनको उपस्थितलाई लिएर हामी सबै खुशी छौँ। र मलाई उनीबाट अझै धेरै कुरा सिक्नुछ ।” फ्रेन्की डे जोङको लामो पास गोलमा परिणत गरेका फातीले टिमका सहकर्मीहरुको सहयोगले नै गोल गर्न सकेको बताए।

मंगलबार बार्सिलोनाको लागि पेड्रीले पनि गोल गरेका थिए। १७ वर्ष उमेरका पेड्रीले गोल गरेसँगै च्याम्पियन्स लिगको एउटै खेलमा १७ वर्षमुनिका दुई खेलाडी खेलाउने बार्सा पहिलो टिम बनेको छ । साथै एउटै खेलमा १७ वर्षमुनिका दुई खेलाडीले गोल गरेको पनि यो पहिलो पटक हो।

यूईएफए च्याम्पियन्स लिग: मेस्सीले बनाए ३ रेकर्ड !

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७१६:३७

एम्बाप्पेलाई रियल म्याड्रिड जानबाट रोक्ने प्रयासमा पिएसजी !