एक्कासी बढ्यो सुनको मूल्य ! कति पुग्यो ? हेर्नुहोस् !

काठमाडौँ – कार्तिक महिना लागेपछि स्थिर भएको सुनको मूल्य आज बढेको छ। कार्तिक महिना लागेपछि लगातार ३ दिन सम्म स्थिर रहेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ८ सयले बढेको छ। जससँगै बुधबार छापवाला सुन मूल्य ९५ हजार ५ सय भएको छ भने तेजाबी सुनको मूल्य ९५ हजार भएको छ। बुधबार कायम भएको सुनको मूल्य असोज २६ गरे यताकै महँगो हो।

कार्तिक २ गते देखि सुनको मूल्य स्थित थियो। कार्तिक २, ३ र ४ गते गरी लगातार ३ दिन छापवाला सुन प्रतितोला ९४ हजार ७ सयमा कारोबार भएको थियो।

सुन गत वर्षहरु भन्दा अत्याधिक महँगो भएका कारण सुनको कारोबार लगभग ठप्प जस्तै छ। सुन किन्ने ग्राहक नै आउन छाडेको सुनचाँदी व्यवसायीहरु बताउँछन्।

कोरोना महामारी पश्चात दिन प्रतिदिन महँगो हुँदै उकालो लागेको सुनको मूल्यले साउन महिना लाख पार गरेर रेकर्ड बनाएको थियो। सुनको मूल्य त्यस महिना १ लाख ३ सय ५ सय सम्म पुगेको थियो। त्यसयता घटबढ हुँदै आएको सुनको मूल्य असोज महिनामा केहि ओरालो लागेको थियो।

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७१०:५९

हप्ताको पहिलो दिन बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ !