काठमाडौँ – भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख काठमाडौं आएका छन् । भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयल बुधबार दिउँसो काठमाडौँ आइपुगेका हुन्।
एक श्रोतका अनुसार भारतीय वायुसेनाको विमानमार्फत नौ सदस्यीय उनको टोली आएको छ। उनी आएको विमान विमानको कलसाइन IFC 4620 रहेको खुलेको छ।
गोयल चार्टर्ड विमानमा काठमाडौँ आएको बताइएको छ। गोयलको नेपाल भ्रमण औपचारिक नरहेको राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले बताएका छन्। गोयल व्यक्तिगत वा धार्मिक भ्रमणका लागि नेपाल आएको हुन सक्ने अनुमान गरिएको छ।
एक श्रोतका अनुसार भारतीय वायुसेनाको विमानमार्फत नौ सदस्यीय उनको टोली आएको छ। भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको कार्तिक १८ गतेदेखि शुरु हुने भ्रमण अगाडी अर्को सुरक्षा संस्थाका प्रमुख नेपाल किन आए भन्ने खुल्न सकेको छैन।
गोयल प्रधानमन्त्री केपी ओलीलगायत उच्चपदस्थ ब्यक्तित्वहरुसङ्ग भेट गर्ने अनुमान गरिएको छ। तर, गोयलको भ्रमण कार्यक्रमबारे मन्त्रालयलाई जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यस अगाडी उनी जिम्मेवारी सम्हाल्नासाथ गत वर्ष साउन ४ गते पनि नेपाल आएका थिए ।