आज अहिलेसम्म कै धेरैमा कोरोना संक्रमण पुष्टि !

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा आज सम्मकै धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज ५ हजार ७४३ कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२  पुगेको छ।

विगत २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९९६ जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या ९९ हजार ६५ पुगेको छ । हाल देशभर ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित रहेका छन्।

हाल देशभर १४ हजार ६७६ संस्थागत आइसोलेशन  र २९ हजार ८००  जना होम आइसोलेशनमा रहेका छन् ।

मुलुकभर हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७९१ पुगेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर थप २६ जनाको ज्यान गएसँगै मृ-त्यु हुनेको संख्या ७९१ पुगेको हो।

उपत्यकामा ३ हजार भन्दा बढी संक्रमित  

बुधबार काठमाडौं उपत्यकामा ३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज ३ हजार १७ जना कोरोना संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये काठमाडौंका मात्र २३९१ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७१६:२९

पछिल्लो २४ घण्टामा अहिलेसम्म कै धेरै कोरोना संक्रमितको मृत्यु !