भोलि कुन राशिलाई कति शुभ ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

क्रोधमा संयम राख्नुहोला। क्रोध कुनै पनि काम वा सम्बन्ध बिग्रने पछाडि कारण हुन सक्छ। शरीरमा उर्जाको अभाव हुनेछ। मानसिक रोगको स्थितिमा दिमाग कुनै काम गर्न उत्प्रेरित नहोला। तपाईं कुनै पनि धार्मिक सन्दर्भमा उपस्थित हुनुहुनेछ। धार्मिक यात्राको योग बन्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कामको सफलतामा ढिलाइ र शारीरिक अस्वस्थताका कारण तपाईंले निराश महसुस गर्नुहुनेछ। अत्यधिक कार्यभारले थकान र मानसिक व्याकुलता निम्त्याउँछ। प्रवासमा अवरोधको सम्भावना हुनेछ। नयाँ काम सुरु गर्नको लागि दिन शुभ छैन। खानपानमा ध्यान दिनुहोस्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक र मानसिक प्रसन्नता अनुभव गर्नुहुनेछ। सुन्दर कपडा, राम्रो खाना र वाहन सुख प्राप्त हुनेछ। विपरीत लिंगी प्रति आकर्षण बढ्नेछ। साथी-भाईसँग भेटघाट हुनेछ। यात्राको योग बन्नेछ। मनोरन्जनका लागि सबै सामग्री उपलब्ध हुनेछ। खर्चमा वृद्धि हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंले यस दिन खुशी र सफलता प्राप्त गर्नुहुनेछ। परिवारका सदस्यहरूसँग आनन्दमय समय बित्नेछ। कामदारहरूले लाभ उठाउनेछन्। प्रतिस्पर्धीहरूलाई हराउन सक्षम हुनुहुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईले लेखन, साहित्यको क्षेत्रमा केही नयाँ सिर्जना गर्न प्रेरणा पाउनुहुनेछ। विद्यार्थीहरूले अध्ययनमा राम्रो प्रदर्शन गर्न सक्नेछन्। प्रेममा सफलता र प्रियजनहरूसँग भेटले मन प्रशन्न रहनेछ। महिला साथीहरुबाट अधिक समर्थन प्राप्त हुनेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईले प्रत्येक कार्यमा अप्ठ्यारो महसुस गर्नुहुनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। परिवारका सदस्यहरूसँग मतभेदका कारण परिवारमा अशान्ति छाउनेछ। सार्वजनिक क्षेत्रमा मानहानिको सम्भावना छ। स्थायी सम्पत्ती, सवारी साधनहरू आदि कागजमा हस्ताक्षर गर्नु अघि विचार गर्नु आवश्यक छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। भाग्य वृद्धि हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। विदेशबाट शुभ समाचार प्राप्त हुनेछ। धार्मिक यात्राको योग बन्ने सम्भावना रहेको छ। धन लाभको योग रहेको छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पारिवारिक कलह तथा अशान्तिको वातावरण आउनसक्छ। परिवारका सदस्यहरूसँग मनमुटाव हुनसक्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। विद्यार्थीहरूले अध्ययनमा अवरोधको सामना गर्नुपर्नेछ। अनावश्यक धन खर्च हुनेछ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक तथा मानिसक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। वित्तीय लाभ प्राप्त गर्न सक्षम हुनुहुनेछ। धार्मिक यात्राको योग बन्नेछ। वैवाहिक जीवनमा निकटता बढ्नेछ। मान – प्रतिष्ठा बढ्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। आफन्त तथा साथी-भाईसँग रमणीय भेटघाट हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अधिक परिश्रम पश्चात पनि कम सफलता मिल्नाले मन चिन्तित रहला। पारिवारिक वातावरण पनि अशान्तिजनक हुनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। व्यापारिक कार्यहरूमा सरकारी हस्तक्षेप बढ्नेछ। दुर्घटनाको योग रहेको हुँदा सावधान रहनुहोला। धार्मिक र सामाजिक कार्यमा संलग्न भइनेछ र पैसा पनि धार्मिक कार्य पछाडि खर्च हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। जागिर वा पेशामा लाभ हुनेछ। महिला साथीहरूले तपाइँको प्रगतिमा मद्दत गर्नेछन्। आर्थिक लाभका हिसाबले दिन एकदम राम्रो दिन रहनेछ। रमणीय यात्राको योग बन्नेछ। समाजमा ख्याति बढ्नेछ। पत्नी तथा छोराबाट आनन्दको समाचार प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईं जागिर वा व्यवसायमा सफलता हासिल गरेर र उच्च अधिकारीहरूको प्रोत्साहनपूर्ण व्यवहारबाट धेरै आनन्दित महसुस गर्नुहुनेछ। व्यापारीहरूको व्यापार बढ्नेछ। आयको मात्रा बढ्नेछ। पारिवारिक वातावरण आनन्दमय हुनेछ। सम्मान वा पदोन्नती प्राप्त हुनेछ।

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७१८:५५

कस्तो रहला भोलिको दिन ? हेर्नुहोस् दैनिक राशिफल !