इतिहासको सबैभन्दा धेरै अचम्म लाग्ने तस्बिरहरु जसलाई विज्ञानले समेत पुष्टि गर्न सकेन !

एजेन्सी- संसारमा अहिलेपनि कतिपय अचम्मलाग्दा घटनाहरु रहस्यमयनै छन् जुन विज्ञानले समेत केहि पत्ता लगाउन सकेको छैन। आज हामी तपाईहरुलाई विश्वमा रहेका यस्ता केही तस्बिरहरुको बारेमा बताउन जाँदै छौँ जसको सत्य तथ्य अहिले सम्म पनि खुल्न सकेको छैन।

यस्ता केही तस्बिरहरु छन् जसको खोज अनुसन्धानका लागि केही वैज्ञानिकहरुले आफ्नो पूरै जीवन बिताएको भएपनि अहिलेसम्म कुनै रहस्य खुलेको छैन। अब यी अचम्मलाग्दा रहस्यमय तस्बिरहरु हेर्नुहोस:

चिल्लीको भूत शहरमा करिब ७ देखि ८ इन्च लम्बाई रहेको एक छोटो नरकंकाल फेला परेको थियो। यस नरकंकालको दाँत धेरै बलियो हुनुका साथै शरिर समेत धारिलो देखिन्थ्यो। केही व्यातिहरुले उक्त कंकाल मानव को भएको बताए पनि विज्ञानले भने यति सानो बच्चाको बलियो दाँत हुन नसक्ने पुष्टि गरेको छ।

संसारको अर्को अचम्मलाग्दो घट्ना चिनमा घटेको छ। चीनमा पाइएको लेडी डाईसकि आमाको रहस्य अहिलेसम्म पनि खुल्न सकेको छैन। लगभग २ हजार साल पुरानो मृत शरिरको आजसम्म पनि कुनै क्षति भएको छैन। यो मृत शरिर भेट्दा छाला समेत नबिग्रिएको अवस्थामा भेटिएको थियो।

यो धेरै पहिलेको एक तस्बिर हो जसको रहस्य अहिलेसम्म पनि खुल्न सकेको छैन। केही वैज्ञानिक र खोजकर्ताले बताए अनुसार यी रहस्यमय बनेका यी व्यक्ति चंद्रमामा जाने क्रममा थिए तर उनि असफल भए।

तस्बिरमा देखिएको यो लासमा मानव आकृति आएको देख्न सकिन्छ। विभिन्न खोज तथा अनुसन्धकर्ताहरुले यस मृत शरिरको अनुहारमा लक्षित गर्ने गरेका छन्। वैज्ञानिकहरुले मानव शिरिर उभिएको अवस्थामा कहिलेपनि मृत भेट्न नसक्ने बताएका छन बताएपनि केही खोजकर्ताहरुले कुनै पनि मानव मर्ने बेलामा उक्त स्थानमा ठोकिएर छाप बसेको समेत हुन् सक्ने बताएका छन्।

यहाँ एक डरलाग्दो र रहस्यमय तस्बिर छ जुन मुर्कुटा जस्तो आकारमा देख्न सकिन्छ। यो जीव रातको समयमा एक जंगलमा भेटिएको थियो । जंगली जनावरहरुको अनुसन्धानमा गएका केहि अनुसन्धानकर्ताले यसलाई आफ्नो क्यामरामा कैद गर्न सफल भएपनि रहस्य भने अहिले सम्म खुल्न सकेको छैन।

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७२०:१४

भूकम्प आउनुअघिको ६ सङ्केत, समयमै जान्नुहोस् र बच्नुहोस्