भूकम्प आउनुअघिको ६ सङ्केत, समयमै जान्नुहोस् र बच्नुहोस्

ज्योतिष शास्त्रमा भूकम्प,तूफान र अन्य प्राकृतिक विपत्तिहरु आउनु अघि पूर्वसङ्केत मिल्ने उल्लेख छ। अहिले विज्ञानले पनि भूकम्प कतिबेला आउँन सक्छ भन्ने कुरा बताउन सक्दैन तर ज्योतिष शास्त्रमा यो सामर्थ्य छ।

प्राचीन भारतीय गणितज्ञ एवं खगोलविद् वराह मिहिरको वृहत संहितामा भूकम्प आउनु अघि केही सङ्केत दिने उल्लेख छ। वराह मिहिरका अनुसार भूकम्प आउनुको थुप्रै कारणहरु छन्, जसमध्ये एक वायुवेग तथा पृथ्वीको धरातल आपसमा ठक्कर खानु हो। तर भूकम्प कहिले आउँछ यसका थुप्रै सङ्केतहरु हुन्छन्।

ग्रहणको समयमा भूकम्प : जब पनि कुनै ग्रहण लाग्छ या लाग्ने वाला हुन्छ, त्यो ग्रहणको ४० दिन अगाडी तथा ४० दिन पछि अर्थात उक्त ग्रहणको ८० दिनको अन्तरालमा भूकम्प जुनसुकै बेला जान सक्छ।

ग्रहको गतिले भूकम्प : पृथ्वीको नजिकबाट घुम्ने ग्रह तथा उपग्रहको गतिमा अभूतपुर्व तेजी या कमी आएमा या कुनै ग्रह वक्री भएमा पृथ्वीको सन्तुलन बिग्रिन्छ, जसले वर्षा, बाढी, तूफान, भू-क्षय, हिमपात, भूकम्प आदि अचानक आउँछ।

ग्रहको विशेष स्थितिले भूकम्प : विशेष स्थिति जस्तै आकाशमा जब मंगल वा शनि ग्रह १८० डिग्रीको दूरीमा छ या बृहस्पति ग्रह वृष अथवा वृश्चिक राशि भएर बुधसँग संयोग गरिरहेको छ या त्यसको समानान्तर भएमा भूकम्प आउने सम्भावना हुन्छ। त्यस्तै जब वरुण-अरुण ग्रह बृहस्म्पतिको दृष्टिले प्रभावित भईरहेको छ भने यो भूकम्प आउने सङ्केत हो।

कुन क्षेत्रमा आउँछ भूकम्प : ग्रहण बाहेक अरुण, यम, वरुण, शनि, मङ्गल तथा बृहस्पति ग्रहको विशेष स्थिति धर्तीको जुन पनि क्षेत्रमा हुन्छ, त्यस क्षेत्रमा भूकम्प आउने सम्भावना हुन्छ। खासगरी हिमालय आसपासका क्षेत्रमा भूकम्प धेरै आउँछ।

कुन समय आउँछ भूकम्प : अधिकांस समय भूकम्प दिनको १२ बजेदेखि सूर्यास्तसम्म र मध्यरातदेखि सूर्योदयको बीचमै आउँछ।

उल्काले भूकम्प : हाम्रो ब्रह्माण्ड या सौर्यमण्डलमा लाखौँ उल्कापिण्ड घुमिरहेका छन्, जब तीमध्ये कुनै उल्का पृथ्वी या सूर्यको अत्यन्तै नजिक हुन्छन् तब पनि भूकम्प आउँछ। यसका अतिरिक्त थुप्रै अन्य ज्योतिषीय समीकरण छन्, जसका कारण धर्तीमा भूकम्प र तूफान आउँछ।

प्रकाशित : बिहिबार, कार्तिक ०६, २०७७११:५३

के हो आँखाको भाषा ? आँखाले के भन्छ ? यस्तो छ रहस्यमय ज्ञान