तपाईले विश्वका धेरै ठाउँहरू घुम्नु भएको छ होला, जुन त्यहाँको विशेष सुविधाहररुका कारण लोकप्रिय छ। संसारमा यस्तो पनि ठाउँहरु छन् जहाँ तपाई प्रत्यक वर्ष अथवा प्रत्यक महिना जान चाहनु हुन्छ। तर के तपाईलाई थाहा छ, विश्वमा केहि यस्तो प्रसिद्ध ठाउँहरु पनि छन् जहाँ मानिसहरूलाई जान अनुमति छैन। केवल थोरै व्यक्तिले मात्र यी स्थानहरु भ्रमण गर्न पाउँछन्। आउनुहोस् विश्वका त्यस्तै अनौंठो ठाउँहरु बारेमा चर्चा गरौ जहाँ मानिसहरुलाई जान अनुमति छैन।
द ग्रान्ड श्राइन अफ आईज

द ग्रान्ड श्राइन अफ आईज जापानको शिन्टो भन्ने ठाउँमा अवस्थित छ। यो एउटा मन्दिर हो। यस मन्दिरमा मन्दिरको पुजारी र केवल शाही परिवारका सदस्यहररुलाई मात्र जान अनुमति दिएको छ। यस मन्दिरको बारेमा सबै भन्दा अचम्मको कुरा यो हो कि प्रत्येक २० बर्षमा यो मन्दिर भत्काइन्छ र मन्दिर पुनः निर्माण गरिन्छ।
भूमिगत बीज भण्डार केन्द्र

स्वाल्वार्ड, नर्वेमा भूमिगत बीउ भण्डार केन्द्र छ। पहाडहरुको ४३० फिट तल बनेको यो भण्डारमा सम्पूर्ण दुनियाको करीव १० लाख विभिन्न प्रजातिका बीज सुरक्षित राखिएको छ। वास्तवमा, ति बीज आपतकालिन अवस्थाको लागि यहाँ सुरक्षित गरिएको हो। कसैलाई पनि यो ठाउँ भ्रमण गर्नका लागि अनुमति दिइएको छैन। यहाँ केवल यस ठाउँमा काम गर्ने व्यक्तिहरू मात्र जान पाउँछन।
लसकस गुफा

फ्रान्सको लास्कस गुफा १९४० मा खोजिएको थियो। यो गुफा २० हजार बर्ष पुरानो हो। यसमा आदिमानव कालको हजारौं छविहरू छन्। मानिसहरुलाई यो ठाउँ भ्रमण गर्न अनुमति छैन। वास्तवमा त्यस गुफामा खतरनाक कीराहरू छन्, जसको कारणले मानिसहरु यहाँ जान रोक लगाइयो। त्यो मात्र नभई हजारौ वर्ष पुरानो यो गुफालाई मानिसद्वारा असर पर्ला भन्ने खतराका कारण पनि यहाँ जान रोक लगाइएको हो।
हर्ड टापु

हर्ड टापु अष्ट्रेलियामा छ जुन एक ज्वालामुखी टापु हो। यो टापु हिन्द महासागरको गहिरोबाट निक्लिएको हो र एक ज्वालामुखी अझै सल्की रहेको छ। यही कारणले पर्यटकलाई यहाँ जान अनुमति छैन।
गोप्य पुस्तकालय

यो गोप्य पुस्तकालय भेटिकन सिटीमा छ र यहाँ कसैलाई पनि जान अनुमति छैन। केवल पोप र केही विशेष व्यक्तिहरु यहाँ भ्रमण गर्न सक्दछन्। वास्तवमा, शताब्दीयौं पुरानो पुस्तक र कागजपत्रहरु यहाँ सुरक्षित राखिएको छ, त्यसैले यहाँ बिशेष अनुमति नभएका व्यक्तिहरुलाई जान अनुमति छैन।

