७० दशककी यी सुन्दर अभिनेत्रीलाई यसकारण आमाले हानेकी थिइन थप्पड!

अहिलेको समयमा बलिउड  इंडस्ट्री बो-ल्ड शैलीको लागि बढी चिनिन्छ। किनकी यस्तो लुक बिना फिल्म अधुरो लाग्छ। तर एक  समय यस्तो पनि थियो जब फिल्ममा अभिनेत्रीलाई बिकिनी लगाउनु पनि ठुलै कुरा लाग्थ्यो। त्यस समय बो-ल्ड अभिनेत्रीहरु कमै थिए। तर यस परम्परालाई तोड्नको  लागि तनुजा मुखर्जीले कुनै कसर छोडिनन्। जानीराखौ, उनको जीवनसंग जोडिएको केहि  कुरा:

बलिउडमा तनुजाको नाम बो-ल्ड अभिनेत्रीको रुपमा चिनिन्छ।  उनि ७० को दशकमा चर्चित अभिनेत्रीको रुपमा चिनिन्थिन् । तनुजाको आमा शोभना समर्थ आफै पनि एक अभिनेत्री हुन्।  उनको पिता कुमारसेन समर्थ एक ठुलो फिल्मको  प्रोड्यूर्स थिए । यति मात्र नभई  तनुजाको  नानी रतनबाई र नानीको बहिनी  नलिनी जयवंत पनि अभिनेत्री  थिइन्।

तनुजाले फिल्ममा बाल कलाकारको रुपमा  प्रवेश गरेकी थिइन्। उनी आफ्नो बहिनी नूतनको फिल्म हमारी बहन (१९५० ) मा देखिएकी थिइन्। त्यसपछि  (१९६०) मा बनेको फिल्म ‘छबीली’ मा काम गरेर आफ्नो पहिचान बनाएको थिइन्। तुनजाले हिन्दी मात्र नभई  बांग्ला, गुजराती, मराठी, मलयालम र पंजाबी भाषाको  फिल्ममा पनि काम गरेकी छन्। तनुजाले बलिउडमा थुप्रै  सुपरहिट फिल्ममा काम गरेकी छन्, जुनमा  ‘आज और कल’, ‘बहारें फिर भी आएंगी’, ‘घराना’, ‘हाथी मेरे साथी’, ‘ज्वेल थीफ’, ‘जीयो और जीने दो’ र ‘प्रेमरोग’, ‘दूर का राही’, ‘मेरे जीवन साथी’  जस्ता नाम रहेको छ। १९७३ मा तनुजाले  शोमू मुखर्जीसँग बिहे गरेकी थिइन्। तनुजाको दुई छोरी  काजोल र तनीषा हुन् ।

तनुजाको पुरै परिवार फिल्मसँग जोडिएका छन्। उनीहरुलाई फिल्ममा डेब्यु हुन त्यति गाह्रो परेको थिएन। १९६० मा उनको आमा शोभना समर्थ फिल्म ‘छबीली’ लाई लन्च गरिरहेकी थिइन्।  यस  फिल्ममा  तनुजा लीड रोलमा थिइन्। तर शूटिंगको क्रममा उनको  नखराको कारण  युनिट समस्यामा थिए।  यहाँसम्म कि  निर्देशक केदार शर्मा पनि निकै चिन्तित थिए। तनुजा सेटमा आउने बितिक्कै हास्न सुरु गर्थिन्।

जब फिल्मको सीनमा तनुजालाई रोएको अभिनय गर्नुपर्थ्यो तब उनले हासेर टारिरहेकी थिइन्हुन्थिन्  । तनुजा आफ्नो कामलाई फोकस गरिरहेकी थिइनन्। तनुजाको यस व्यवहारको कारण  केदार शर्माले एक थ-प्पड हने र रुदै आफ्नी आमा भएको ठाउँमा गईन्। त्यसपछि आमाले पनि उनलाई एक  थ-प्पड हा-निन्। तब शोभनाले तनुजालाई  सेटमा लगेर केदार शर्मालाई भने कि यो अहिले रुन थाल्यो शुटिंग सुरु गर्नुहोस्।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५०

‘केबीसी’ को तेस्रो सिजन होस्ट गरेपछि शाहरुखले किन मागे अमिताभसँग माफी?