बलिउडका यी चर्चित कलाकार जोडी, जसको प्रेम हुन सकेन बिहेमा परिणत!

बलिउडमा थुप्रै रिल लाइफ अभिनेतातथा अभिनेत्रीहरु  रीयल लाइफ पाटनर्स बन्छन् । यधपी उनीहरुको प्रेममा केहि बाधा आयो भने उनीहरु छुटिन्छन्।  फिल्म इंडस्ट्रीमा थुप्रै  यस्ता स्टार छन जसले प्रेम त गरे तर गन्तव्यसम्म पुग्न सकेन। ३ अक्टुबरमा ब्वायफ्रेंड डे पर्छ। आज हामी तपाईलाई  केहि यस्तो अभिनेता -अभिनेत्रीको प्रेमको बारेमा बताउँछौ जुन पुरा हुन सकेन।

सलमान खान-ऐश्वर्या राय

बलिउडको  दबंग सलमान खान अहिले पनि ब्याचलर लाइफ जिईरहेको छन्। उनले अहिलेसम्म बिहे गरेका छैनन्। एक समय थियो जब सलमान खान, ऐश्वर्या रायको मायामा  पागल थिए।  फिल्म ‘हम दिल दे चुके सनम’ को क्रममा दुवैको  माया बसेको थियो। ऐश्वर्याको लागी सलमानको माया यति थियो कि उ उनको फिल्म सेटमा पुग्थे। एक पटक  सलमानले ऐश्वर्याको शूटिंगको क्रममा हंगामा गरेका थिए। उ ऐश्वर्याको लागि निकै पोसेसिव थिए। पछि उनीहरुको सम्बन्ध  बिग्रियो । ऐश्वर्याले पछि अभिषेक बच्चनसँग बिहे गरिन ।

अक्षय कुमार – शिल्पा शेट्टी

अक्षय कुमार र शिल्पा शेट्टीको मायाको चर्चा पनि बलिउडमा धेरै हुन्थ्यो। दुवैको बिहे हुने कुरा आउंथ्यो। तर अक्षयले बिहेभन्दा पहिला शिल्पासँग एक शर्त राखेका  थिए। उ चाहन्थे कि उनको श्रीमती फिल्ममा काम नगरुन् तर शिल्पालाई त्यो कुरा मन्जुर थिएन। त्यसैगरी उनीहरुको सम्बन्ध छुट्यो।अक्षय कुमारले  ट्विंकल खन्नासँग बिहे गरे र शिल्पाले राज कुन्द्रासँग।

करीना कपूर-शाहिद कपूर

करीना कपूर र शाहिद कपूर दुवैको जोडी निकै मनपर्ने जोडी थियो । शाहिद  र करीनाको मित्रता २००४ मा बढेको थियो। दुवैले आफ्नो सम्बन्धलाई कसैसँग लुकाएनन्। तर उनको सबैभन्दा सुपरहिट फिल्म रहेको ‘वी मेट’ को  शूटिंगको क्रममा यी दुईको दुरी बढ्यो। त्यसपछि दुवैको  ब्रेकअप भयो। करीनाले  सैफ अली खानसँग बिहे गरिन् र  शाहिदले  मीरा राजपूतसँग बिहे गरे।

दिपिका पादुकोण-रणबीर कपूर

दिपिका पादुकोण र रणबीर कपूरको चर्चा पनि निकै थियो। यहाँसम्म कि दिपिकाले  रणबीरको नामको ट्याटू पनि बनाएकी थिइन्। दिपिका र रणबीरको जोडी अन-स्क्रीन पनि अहिले निकै मन पराईन्छ। यधपी दिपिकाले  रणबीरसँग  ब्रेकअप गरेकी थिइन्। उनको अनुसार त्यस समय रणबीर कपुरले  अरुलाई  डेट गरिरहेका थिए। पछि  दीपिकाले  रणवीर सिंहसँग बिहे गरिन्।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:५०

७० दशककी यी सुन्दर अभिनेत्रीलाई यसकारण आमाले हानेकी थिइन थप्पड!