टाउकोमा तेल लगाएपछि भुलेर पनि नगर्नुस् यस्ता गल्ति !

जसरी शरीरलाई स्वस्थ राख्नको लागि पौष्टिक आहार र हेरचाहको निकै जरुरत हुन्छ । त्यसरी नै स्वस्थ र बलियो कपालको लागि भरपूर पोषणको आवश्यकता हुन्छ।  जब कपाललाई पुरै खुराक मिल्छ तब तपाईको कपाल बाक्लो, लामो र चम्किलो  हुन्छ ।

केमिकलयुक्त हेयर प्रोडक्ट्स र  प्रदूषणको कारण कपाल निकै खराब हुन्छ। यसकारण  कम उमेरमा नै  कपाल सेतो हुने चाया पर्ने, कपाल झर्ने आदिको समस्या बढ्छ। कपाल राम्रो स्याम्पुले धुनु मात्र  पुग्दैन । कपालमा तेल लगाएर मसाज गर्नुपर्छ। कपालको जरामा मालिश गर्दा  कपाललाई स्वस्थ र बलियो राख्न मदत्त गर्छ। कपालमा तेल लगाएपछि  केहि सावधानी अपनाउनुपर्नेछ। आज हामि बताउछौ तेल लगाएपछि कुन  कुरामा ध्यान दिन आवश्यक  हुन्छ:

एकैचोटी धेरै तेल लगाउनु हुदैन। आरामले बसेर कपालमा तेल लगाएर मालिश गर्नुपर्ने हुन्छ। कपाल धोएपछि तपाईको कपाल ड्राई हुन सक्छ।  तेल लगाएपछि कपाललाई कसेर नबाध्नु होला किनकी कपाल खुल्ला राख्दा नरम हुन्छ । कपाललाई जति कसेर राख्यो त्यति नै कपाल टुक्रिन सक्छ। तपाईले आफ्नो कपाललाई टाइट बन वा  पोनीटेल नबनाउनु होला। त्यसको सट्टा तपाईले कपाललाई  खुल्ला छोड्न सक्नुहुन्छ र कपाल बाट्न पनि सक्नुहुन्छ।

कपालमा तेल लगाएर धेरै समयसम्म नराख्नुहोला। किनकि कपालमा तेल लगाएपछि चिल्लो हुन्छ र फोहोर टासिन्छ । साथै तेलले मसाज गरेपछि तुरुन्तै कपाल कोर्दा कपालमा धेरै  प्रेशर लाग्छ र कपाल टुक्रिन सक्छ। बरु तेल लगाएपछि काइयोको सट्टा औलाको मद्दतले कपाल मिलाउनुहोस्। तेल लगाएर  मसाज गर्नसाथ  अरु  हेयर प्रोडक्ट्सको प्रयोग नगर्नुहोला।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१३:०१

केरा र दुध एकसाथ खाँदा हुन्छ स्वास्थ्यमा यस्तो असर, कसरी गर्ने प्रयोग?