आफ्नो पहिलो फिल्ममा यस्ती देखिन्थे बलिउडका यी ५ अभिनेत्रीहरु!

समय बित्दै जादा मानिसको अनुहार र बानी पनि बदलिदै जान्छ। परिवर्तन प्रकृतिको  नियम हो। सामान्य मान्छेको उमेर  बाफ जसरी बढ्छ त्यसरी नै उनीहरुको लुकमा परिवर्तन आउँछ। यस्तै बलिउड अभिनेत्रीमा पनि प्रभाव परेको छ। जसरी  उनीहरुको उमेर बढेको छ, त्यसरी नै उनीहरुको लुकमा परिवर्तन आएको छ। तर सामान्य मान्छेहरु भने उमेर बढ्दा पहिले भन्दा कम आकर्षक देखिन्छन्, तर केहि अभिनेत्री भने उमेर बढ्दा  झन् सुन्दर हुदै गएको देख्न सक्छौ। यधपी यी अभिनेत्रीको पहिलो फिल्म र अहिलेको फिल्ममा लुक, स्टाइल र अन्दाजमा निकै नै परिवर्तन देख्न सक्छौ। आजको यस पोस्टमा यस्तै बलिउड अभिनेत्रीको बारेमा हामी कुरा गछौ।

ऐश्वर्या राय बच्चन

ऐश्वर्या रायलाई नचिन्ने कमै होला। ऐश्वर्या एक यस्ती महिला हुन् जसले आफ्नो सुन्दरता मात्र नभई अभिनयले मान्छेहरुको मनमा राज गरेकी छन्। उनी जस्तो महिला यस दुनियामा कमै होलान । प्रियंका र दिपिकाले  हलीउडमा नाम कमाईरहेका भए पनि वास्तवमा बलिउडलाई दुनियाभरमा चिनाउने  ऐश्वर्या हुन्। दुनियाभरमा उनको करोडौँ फ्यान रहेको छ। ऐश्वर्याले आफ्नो पहिलो फिल्मी करियरको  शुरुआत १९९७ मा फिल्म ‘इरूअर’ बाट गरेकी थिइन्। त्यस समयभन्दा अहिले ऐश्वर्याको  अहिले निकै अलग लुक देखिन्छ।

काजोल

काजोल भारतीय फिल्म सिनेमाको  चर्चित अभिनेत्री हुन्। काजोलको नाम  इंडस्ट्रीको चर्चित अभिनेत्रीको रुपमा चिनिन्छ। उनको खातामा एक से एक  सुपरहिट फिल्म रहेको छ। आफ्नो अभिनयबाट उनले लाखौँको मनमा राज  गरेकी छन्। काजोललाई यदि तपाईले फिल्ममा देख्नुभएको भने थाहा हुन्छ कि काजोल पहिले भन्दा छुट्टै देखिन्छिन्। रिपोर्ट्स अनुसार गोरो देख्नको लागि काजोलले  स्किन लाइटनिंग ट्रीटमेंटको  सहारा लिएकी थिइन्। पहिलेको काजोल र अहिलेको काजोलमा आकाश र पातालको फरक रहेको छ।

माधुरी दीक्षित

बलिउडमा  माधुरी दीक्षितको पहिचान एक यस्तो अभिनेत्रीको रुपमा रहेको छ,जसलाई चाहने दुनियाभरमा रहेका छन् । माधुरीले  आफ्नो एक मुस्कानले लाखौँको मन चोरेकी छन्। १९६७ मा मुम्बईमा माधुरी दीक्षितको जन्म भएको थियो र अबोध (१९८३) नामक फिल्मबाट बलिउडमा कदम राखेकी थिइन्। फिल्ममा काम गर्ने ईच्छा माधुरी दीक्षितलाई बाल्यकालदेखि नै थियो। तीन वर्षको उमेरमा नै उनले  नृत्य सिकेकी थिइन्।  माधुरी अहिले  सुपरस्टार रहेकी छन्।  उनलाई बच्चा देखि वृद्दसम्म सबैले चिन्छन्। ५३ वर्षको उमेरमा माधुरीले आफुलाई निकै फिट राखेकी छन्। तास्विरमा  देख्न  सक्छौ कि माधुरीको लुकमा कति परिवर्तन रहेको छ।

रवीना टंडन

बलिउड अभिनेत्री रवीना टंडन एक जमानाको चर्चित अभिनेत्री हुन् । उनको सुन्दरता अहिले पनि देख्न सक्छौ।  यति उमेर हुँदा पनि अहिले रवीना टंडन पुरै तरिकाले फिट रहेकी छन्।  आफ्नो फिटनेसको कारण उनले लाखौँ फ्यानलाई दिवाना बनाएकी छन्। रवीनाले आफ्नो फिल्मी करियरको एक से एक  हिट फिल्ममा काम गरिन्।  रवीनाको पहिलो फिल्म ‘पत्थर’ को फूल’ थियो जुन १९९१ सालमा आएको थियो।  तस्विरमा हेर्नुहोस् कि  पहिलो फिल्ममा  रवीना कस्तो देखिथिन्।

बिपाशा बसु

बिपाशा बसु बलिउडको एक लोकप्रिय अभिनेत्री हुन्। उनले बलिउड फिल्मको साथसाथै तेलुगू, तमिल, बंगाली र अंग्रेजी फिल्ममा काम गरिसकेकी छन्।  फिल्म राजमा उनको यादगार भूमिका  रहेको  थियो। फिल्म ‘अजनबी’ को लागि  बिपाशा बसुलाई बेस्ट फीमेल डेब्यूको फिल्मफेयर अवार्ड पनि हासिल भएको थियो। जिस्म, नो एंट्री र फिर हेरा फेरी जस्ता फिल्ममा पनि उनले अभिनय गरेकी थिइन्। बिपाशा आफ्नो सुन्दरता र फिटनेसको लागि चिनिन्छ। उनको  सोशल मीडियामा पनि आफ्नो ग्ल्यामर्स तस्विर रहेको थियो।  लीड एक्ट्रेस बिपाशा पहिलो पटक फिल्म ‘राज’ मा देखिएकी थिइन्। यो फिल्म सुपरहिट साबित भएको थियो। पहिलेको  बिपाशा र अहिलेको  बिपाशामा धेरै परिवर्तन रहेको छ।

प्रकाशित : शुक्रबार, कार्तिक ०७, २०७७१२:४९

आखिर किन हिट फिल्मपछि पनि सफल हुन सकिनन यी अभिनेत्री? यस्तो छ रहस्य!