काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलले नेकपासामु गम्भिर संकट उत्पन्न भएको बताएका छन् । आइतबार ट्वीट गर्दै पौडेलले नेकपासामु गम्भिर संकट उत्पन्न भएको बताएका हुन्।
पौडेलले पार्टीसामु गम्भिर संकट उत्पन्न भएकाले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकता र सदस्यहरुलाई अनुरोध गरेका छन् ।
“यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भिर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु ।”,ट्वीट गदै पौडेलले भनेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद थप पेचिलो बन्दै गएको छ। विभिन्न विषयमा रहेका विवाद थप बढ्दै गएर नेकपा विभाजनको संघारमा पुगेको छ।
पार्टीका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले नेकपालाई संकटमा पारेको छ। मन्त्रिपरिषद पुनर्गठन र कर्णाली विवादले ओली-प्रचण्ड बीच बढेको दूरी भारतीय गुप्तचर प्रमुखको नेपाल भ्रमणले थप बढाएको छ।
यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।
— Bishnu Prasad Paudel (@bpaudel1959) November 1, 2020