अर्नब र ट्रम्पको पक्षमा कंगना: ‘अर्नब र ट्रम्प विरुद्ध विदेशीले चलखेल गरे’

एजेन्सी – बलिउड अभिनेत्री कंगना रणावत भारतीय पत्रकार अर्नब गोस्वामीको समर्थनमा उत्रिएकी छन्। शनिबार सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै कंगनाले पत्रकार अर्नब गोस्वामीलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएकी हुन्।

भिडियो मार्फत कंगनाले गोस्वामी जस्ता राष्ट्रवादी पत्रकारलाई हिरासतमा राखिनु दुखद रहेको बताएकी छन्। अदालतले समेत हिरासतमा लिइनु गलत रहेको बताइसकेको अवस्थामा गोस्वामीलाई हिरासतमा राख्नु गलत हुने कंगनाको तर्क छ।

 

राष्ट्रवादी भएकै कारण गोस्वामीलाई पक्राउ गरिएको भन्दै कंगनाले आवाज उठाउन माग गरेकी छन्। गोस्वामी विरुद्ध विदेशी शक्ति समेत लागेको कंगनाको दावी छ।

गोस्वामीलाई समर्थन गर्दै-गर्दा कंगनाले अमेरिकी राष्ट्रपतीय चुनावमा पराजित भएका डोनाल्ड ट्रम्पको पनि कुरा जोडेकी छन्। डोनाल्ड ट्रम्पलाई हराउन चीनले भूमिका खेलेको उनको आरोप छ।

“ट्रम्प जति नै खराब भएपनि राष्ट्रवादी छन्। उनी चीन विरुद्ध खुलेरै लागे। जसकारण उनी विरुद्ध विदेशी शक्तिले चलखेल गरे। विदेशीशक्तिले अमेरिकाको मतदान प्रणाली नै हाईज्याक गरे।”,भिडियोमा उनले भनेकी छन्,”ट्रम्प सत्तामा नहुँदा चीनलाई र आतंक फैलाउने देशहरूलाई फाइदा पुग्छ।”

राष्ट्रविरोधी शक्ति विरुद्धको लडाई आफ्नो र अर्नबको मात्र नभई पूरै सभ्यता र भारतवर्षको रहेको कंगनाको भनाई छ।


https://twitter.com/KanganaTeam/status/1324977416532492295

प्रकाशित : आइतबार, कार्तिक २३, २०७७१६:०७

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण