पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

काठमाडौँ – पत्रकार ऋषि धमलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। आइतबार आएको पिसिसार रिपोर्टले धमलामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गरेको हो।

कोरोना पुष्टि पश्चात उनी घरमै आइसोलेसनमा बसेका छन्। धमलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कन्ट्याक ट्रेसिङमा परेपछि कोरोना परीक्षण गर्दा उनीमा कोरोनाको पुष्टि भएको बताइएको छ।

यस अगाडी अर्का टेलिभिजन प्रस्तोता रवी लामिछानेमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। कोरोना पुष्टि पश्चात उनी घरमै आराम गरिरहेका छन् भने उनी घरबाटै कार्यक्रम पनि संचालन गरिरहेका छन्।

प्रकाशित : आइतबार, कार्तिक २३, २०७७१६:२८

कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ सय नाघ्यो, थप २८१७ जनामा संक्रमण पुष्टि !