उखुको भुक्तानी नदिने सञ्चालकलाई पक्राउ गरिन्छ : आपूर्तिमन्त्री भट्ट

काठमाडाैं – आन्दोलनरत उखु किसानले आफूहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिन आग्रह गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने बताएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आज उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेशकुमार मिश्रको अगुवाइको टोलीले मन्त्री भट्टलाई भेट गरी स्मरणपत्र बुझाएको थियो।

किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानका सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिए। मन्त्री भट्टले भने, “उखु किसानको भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्न गृह मन्त्रालयमा परिपत्र गरिने छ, जुन मिल बन्द भइसकेको छ, उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भए पनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउँछौं।”

छठ पर्वभन्दा अघि किसानको सम्पूर्ण रकम भुक्तानी नभए आगामी मङ्सिर २७ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा हजारौं किसान भेला भई आन्दोलन गर्ने समितिको चेतावनी थियो।

प्रकाशित : आइतबार, कार्तिक २३, २०७७२१:२२

रेकर्ड तर्फ अगाडी बढ्दै सुनको मूल्य, आज ६९ दिन यताकै महँगो !