७१ वर्षीय वृद्धाको शरीरमा ७० दिन्न सम्म जीवित रह्यो कोरोना भाइरस, लक्षण भने देखिएन !

एजेन्सी – वृद्ध तथा रोग प्रतिरोधात्मक क्षमता कम हुनेहरुमा कोरोना भाइरस धेरै लामो समय सम्म जीवित रहन सक्ने पाइएको छ। अमेरिकाकी एक महिलामा ७० दिन सम्म कोरोना भाइरस जीवित रहेको पाइएसँगै यस्तो तथ्य बाहिर आएको हो।

विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार अमेरिकामा एक ७१ वर्षीय वृद्धामा कोरोना भाइरस ७० दिन सम्म जीवित रहेको पाइएको छ। अझ अचम्म लाग्दो कुरा के छ भने उनीमा अहिले सम्म कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण देखिएको छैन।

वाशिंगटन निवासी ती वृद्धामा लिम्फोसाइटिक ल्युकेमियाबाट ग्रसित रहेको बताइएको छ। लिम्फोसाइटिक ल्युकेमिया भनेको एक प्रकारको सेतो रक्तकोषलाई हानी पुर्याउने एक प्रकारको क्यान्सर हो।

लिम्फोसाइटिक ल्युकेमियाका कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकी उनको शरीरबाट कोरोना भाइरस पूर्णरुपमा निर्मुल हुन नसकेको विज्ञहरुको भनाई छ।

७० दिन सम्म कोरोना भाइरसको संक्रमण रहेकी उनलाई कोरोना मुक्त गराउन २ पटक सम्म प्लाज्मा थेरापी गराउनुपरेको थियो। पहिलो पटक गरिएको प्लाज्मा थेरापीले कोरोना भाइरस निर्मुल नपारेपछि पुनः प्लाज्मा थेरापी गरिएको विज्ञहरुले बताए।

विज्ञहरुका अनुसार पछिल्लो समय केहि वृद्धहरुमा कोरोना भाइरस लामो समय सम्म रहने गरेको पाइएको छ। कोरोना भाइरस लामो समय सम्म शरीरमा रहने मात्र नभई त्यसले कुनै पनि प्रकारको प्रभाव नदेखाउने गरेको विज्ञहरुको भनाई छ।

प्रकाशित : सोमबार, कार्तिक २४, २०७७१५:१९

देशभर २५ सय भन्दा बढी कोरोना संक्रमित थपिए, १७९८ जना संक्रमणमुक्त !