रेखा बलिउडको सदाबहार एक्ट्रेस एक हुन्। उनि आफ्नो जिन्दगीसँग सम्बन्धित किस्साको कारण चर्चामा आउँछिन्। रेखाले फिल्ममा काम गरेर आफ्नो प्रतिभालाई दर्शेकी थिइन्। यधपी उनको निजी जिंदगीको केही कहानी यस्तो पनि थियो जुन कुनै फिल्मको कथाभन्दा कम थिएन। जब पनि रेखाको नाम उल्लेख हुन्छ, तब अमिताभ बच्चन उनको नामसँग जोडिन्छ । रेखा र अमिताभको अफेयरको किस्साले बलिउडमा निकै चर्चा बटुलेको थियो। पर्दामा मात्र नभई असल जिंदगीमा पनि यी दुईको केमिस्ट्री राम्रो देखिन्थ्यो। त्यस बेला भि-लेनको रुपमा चर्चित भएका रंजीत जोसँग हरेक काम गर्न चाहन्थे। त्यस समय रेखाले रंजीतसँग काम गर्न मानेकी थिइनन्।
रेखाले गरेकी थिइन् रंजीतसँग यस्तो माग:
यो कुरा त्यस समयको हो, जब रेखा र अमिताभको प्रेमको हल्ला चलेको थियो। रेखा अमिताभलाई लिएर निकै सीरियस थिइन्। त्यस समय रंजीत पनि भि-लेनको रुपमा चर्चित थिए । डायरेक्टर र प्रोड्यूसर आफ्नो फिल्ममा रंजीतको सीन जहिले राख्थे र त्यो फिल्म हिट हुन्थ्यो। यस्तैमा रेखालाई पनि रंजीतसँग काम गर्ने मौका मिलेको थियो। यधपी त्यस समय रेखा आफ्नो धेरै भन्दा धेरै समय अमिताभसँग बिताउन चाहन्थिन्। त्यसैले उनले रंजीतसँग डिमान्ड गरेकी थिइन्।
त्यसैले उनले रंजीतसँग पुरै टाइम टेबल नै बदल्ने माग गरिन्। जब डाय़रेक्टरले रेखाको यस कुरा मानेनन तब रेखाले फिल्म गर्न अस्विकार गरिन्। वास्तवमा ९० को दशकमा रंजीत एक फिल्म बनाईरहेका थिए, जसको नाम ‘कारनामा’ थियो । यस फिल्ममा लीड रोलमा रेखा र हीरो धर्मेन्द्र थिए ।
धर्मेन्द्रले दिएका थिए सुझाव
रंजीतले साँझको समय रेखा र धर्मेन्द्रको शूटिंगको लागि टाइम राखेका थिए। रेखालाई त्यो समय मन परेको थिएन। खबर अनुसार अमिताभको कारण रेखालाई त्यो समय मन परेको थिएन। यधपी रेखाले केहि भनिनन र चुपचाप कम गरिरहिन्। एक दिन रेखाले रंजीतलाई भनिन् , ‘के तिमी शूटिंग बिहानको शिफ्टमा गर्न सक्छौ ? म साँझको समय अमिताभसँग बिताउन चाहन्छु। ‘
रंजीतलाई यस्तो गर्न मुश्किल थियो तर रेखा त्यस फिल्मको मुख्य अभिनेत्री रहेको थियो र उनले रेखाको कुरा माने। यस कुराको खुलासा केहि वर्ष पहिले एक इन्टरभिउमा रंजीतले भनेका थिए। रंजीतले बताए कि यस फिल्मको कारण उनी निकै चिन्तित भएका थिए। उनी चिन्तित भएको कारण धर्मेन्द्रले रंजीतलाई सल्लाह दिएका थिए कि उनी फिल्ममा रेखाको सट्टा अरु नै अभिनेत्रीलाई साइन गर्न लगाऊन्। त्यसपछि रंजीतले विनोद खन्ना र फराह नाजसँग फिल्म बनाए।
रेखा र अमिताभको लव स्टोरीको यस्तो निकै कुरा रहेको छ। रेखा अमिताभलाई निकै माया गर्थिन् र अमिताभ पनि रेखासँग समय बिताउथे। यधपी यी सबै कुराको असर अमिताभको सम्बन्धमा पर्न लागेको थियो। यस्तैमा जयालाई रिसालु देखेर र आफ्नो बिहे बचाउनको लागि अमिताबहले रेखासँग दुरी बढाए । अहिले पनि अमिताभ रेखालाई आँखा जुधाएर हेर्दैनन्।