कार्यकाल सकिनै लाग्दा ट्रम्पद्वारा रक्षामन्त्री इस्पेरलाई बर्खास्त!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन्।  राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षा मन्त्रीलाई बर्खास्त गरेका हुन्।
रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अ-प्रत्यासित र अस्वभाविक मानिएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका छन्।  तर उनलाई हटाउनुको कारण भने स्पष्ट पारेका  छैनन्  ।

ट्रम्प र इस्पेरकाबीचमा पछिल्लो केही समयदेखि मतभेद रहेको थियो । गत जुनमा एक जना अश्वेत अमेरिकीको ह-‘त्या भएपछि चर्किएको आ-न्दो-लनका क्रममा सेना परिचालन गर्ने की नगर्ने बारेमा उनिहरुका बीचमा मतभेद भएको हो ।

त्यतिवेला ट्रम्पले आ-न्दो-लन दबाउन सेना परिचालन गर्न खोजेपनि रक्षा मन्त्री इस्पेरले भने अस्वीकार गरेका थियो । त्यति बेला नै उनलाई ट्रम्पले बर्खास्त गर्ने अनुमान गरिएको थियो।

राष्ट्रपति ट्रम्पले इस्पेरलाई हटाएर खाली भएको रक्षा मन्त्रीको पदमा नेस्नल काउन्टर टेरोरिजम सेन्टरका निर्देशक क्रिस्टोफर मिलरलाई जिम्मेवारी दिएका छन्।

ट्रम्पले नवनियुक्त रक्षा मन्त्री मिलरले राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै बर्खास्त रक्षा मन्त्री इस्पेयरलाई विगतको सेवाका लागि धन्यवाद दिएका छन्।

बर्खास्त भएका इस्पेरले पनि राष्ट्रपति ट्रम्पप्रति धन्यवाद ज्ञापन गर्दै जिम्मेवारीमा रहँदा संविधान र सैनिक तथा सुरक्षाको मर्म अनुसार काम गर्ने प्रयत्न गरेको उल्लेख गरेका छन्।

प्रकाशित : मङ्गलबार, कार्तिक २५, २०७७१३:१२

कोरोना महामारी बीच भाईटिकामा रानीपोखरी खुल्ने !