भोलि कार्तिक २६ गते बुधबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

साहित्य तथा कला क्षेत्रमा रुचि बढ्नेछ। प्रिय व्यक्तिसँग भेटघाट हुनाले मन प्रशन्न हुनेछ। मध्यान्हपछि घरमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल नरहला। उच्च पदहिकारीसँग सतर्क रहनुहोला। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आमाको स्वास्थ्यको बारेमा चिन्ता रहनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। मध्यान्हपछि शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार हुनेछ। विद्यार्थीहरूको लागि समय अनुकूल छ। रचनात्मक क्षमता बढ्नेछ। धार्मिक कार्यमा संलग्न हुनुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कार्य सफलता मिलेर तपाईं प्रशन्न रहनुहुनेछ। प्रतिस्पर्धीहरू पनि पराजित हुनेछन्। मध्यान्हपछि भने घरमा कलहको वातावरण हुनेछ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। आमाको स्वास्थ्य बिग्रन सक्छ। मध्यान्हपछि भाग्यवृद्धिको योग रहेको छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। परिवारका सदस्यहरूसँग वातावरण तनावपूर्ण हुनेछ। निर्धारित कार्यमा अपेक्षा अनुसार सफलता नमिल्ला। मध्यान्हपछि समय अनुकूल हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुनेछ। भाइबहिनीहरूबाट लाभ प्राप्त गर्नुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको मनोबल र आत्मविश्वास उच्च रहनेछ। क्रोधमा संयम राख्नुहोला। सरकारी क्षेत्रमा लाभ मिल्ने सम्भावना रहेको छ। परिवारका सदस्यहरूबाट राम्रो सहयोग प्राप्त गर्नुहुनेछ। खर्च आय भन्दा बढी हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

अनावश्यक वाद-विवादमा नपर्नुहोला। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। मध्यान्हपछि तपाईंको आत्मविश्वासमा वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। क्रोधमा भने संयम राख्न जरूरी देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

रमणीय यात्राको योग बन्नेछ। साथी-भाईबाट लाभ मिल्ने सम्भावना छ। व्यवसायको क्षेत्रमा फाइदा मिल्नेछ। मध्यान्हपछि मानसिक र शारीरिक स्वास्थ्य बिग्रन सक्छ। अनावश्यक झै-झगडाबाट टाढा नै रहनुहोस्। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

उच्च मनोबल र विश्वासका साथ तपाईं सजिलैसँग सबै कार्यहरू पूरा गर्नुहुनेछ। व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ। बुबासँगको सम्बन्ध सुमधुर हुनेछ र उहाँबाट लाभ मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धार्मिक कार्यमा मन लाग्नेछ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। मध्यान्हपछि दिन निकै शुभ र सफलतापूर्वक बित्नेछ। हरेक कार्य सरलताका साथ सम्पन्न हुनेछ। पदोन्नतीको योग रहेको छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीबाट प्रोत्साहन मिल्नेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। अत्यधिक खर्च हुनाले आर्थिक संकट आइपर्न सक्छ। वाणी तथा क्रोधमा संयम राख्न जरूरी देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। मध्यान्हपछि कार्यक्षेत्रमा परिस्थिति अनुकूल हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दाम्पत्य जीवनमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठामा आँच आउनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। शारीरिक तथा मानसिक स्वास्थ्य बिग्रन सक्छ। कार्यक्षेत्रमा पनि समय सोचे जस्तो अनुकूल नरहला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कार्यक्षेत्रमा विभिन्न अवरोध आइपर्न सक्छ। सरकारी क्षेत्रमा समय अनुकूल छैन। दाम्पत्य जीवनमा मदभेद हुनसक्छ। व्यापार व्यवसायमा पनि समय राम्रो छैन। परिवारका सदस्य बीच मदभेद पैदा हुने सम्भावना देखिन्छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ।

प्रकाशित : मङ्गलबार, कार्तिक २५, २०७७१९:११

भोलि कार्तिक २७ गते बिहिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !