८ कक्षा पनि पास गर्न नसकेका यी युवा बने अरबपति, तर कसरी ? हेर्नु!

काठमाडौं । ८ कक्षा समेत पढ्न नसकेका एक युवाले पढेलेखेकाहरुले भन्दा धेरै चमत्कार गरेका छन् । उनी अहिले २५ वर्षकै उमेरमा नै एक ३२ अरब सम्पतीको मालिक बनिसकेका छन् । त्यसैले त भनिन्छ , मानिसहरुले आँटे के हुन्न, चन्द्रमा पनि भेटिन्छ ,यो कुराको उनले पुष्टि गरेका छन् । तर त्यसका लागी उनले आफ्नो औपचारिक शिक्षा भने ८ कक्षामा नै विश्राम गरेका थिए ।

को हुन् ती युवा ? कसरी बने यस्तो सफल ब्यक्ति ?

उनको नाम त्रिशनित अरोडा हो । उनी सानै उमेरदेखि पढ्न पटक्कै मन नगर्ने र बाबुआमाको करले ८ कक्षासम्म पुगेका थिए । त्यसैकारण उनी ८ कक्षामा फेल भए । तर उनी कम्प्युटर चलाउन भनेपछि ज्यानै छोडेर लाग्थे र पढाई भनेपछि इगनोर गर्थे । त्यसैले उनको बाबुआमाले उनलाई फेल भएपछि एउटा कम्प्युटर किनेर ल्यादिनुभयो ।

त्यसपछि उनले कम्प्युटर चलाउदै जाने क्रममा एकदिन सबैभन्दा गाह्रो कसैले पनि खोल्न नसक्ने पासवर्ड बनाए । त्यसपछि उनलाई जागिरको अफर आउन थाल्यो ।उनलाई यस्तो पासवर्ड बनाउने काम निकै सजिलो थियो । उनले २० वर्षको उमेरमा कम्प्युटर फिक्सिङ र सफ्टवेयर क्लिकिङको सानो प्रोजेक्ट्समा काम गर्न सुरु गरे । उनले सोही काम गरेबापत पहिलो तलब करिब ९५ हजार पाए ।

उनले काम सुरु गरेको १ वर्षपछि २१ वर्षको उमेरमा नै आफ्नो टीएसी सेक्युरिटी नामको एक कम्पनी स्थापना गरेसँगै पढाइलाई पनि निरन्तरता दिए । यस कम्पनीले नेटवर्किङलाई सुरक्षित गर्ने काम गथ्र्यो । त्यसैकारण उनको नयाँ कम्पनीमा सेवा लिन सामान्य ब्यक्तिहरु देखि लिएर ठुलठुला मान्छेहरुको भिड लाग्यो । यतिसम्म कि भारतका सीबीआई, रिलायन्स, अमूल, गुजरात पुलिस र पञ्जाब पुलिसले पनि त्रिशनितको सेवा लिन आए ।

त्यसपछि आफ्नो कामसँगै त्रिशनितले घरमै बसेर १२ र बीसीएको पढाइ पूरा गरे । अहिले उनले आफ्नो पासवर्ड ह्याकिङबारे धेरै किताबहरु पनि लेखिसकेका छन् । केही जानकारीका अनुसार उनको सम्पत्ति करिब ३२ अर्बको हाराहारीमा रहेको जनाएको छ ।

प्रकाशित : बुधबार, मङि्सर ०३, २०७७१९:०४

तिर्खा मेटाउन चराले लगायो यस्तो ‘तिकडम’, सबैले बचपन सम्झिए ! [भिडियो सहित]