साउदी अरबमा डाक्टरको एक टिमले अप्रेशन गरेर महिलाको पेटबाट टूथब्रश निकालेको छ। स्थानीय मिडिया रिपोर्टअनुसार टूथब्रश निल्ने महिलाको उपचार मक्काको ‘एवान नुर हस्पिटल’ मा भएको हो। पेटबाट टूथब्रश निकाल्न गएपछि महिलाले आफै बताईन कि आखिर टूथब्रश कसरी उनको पेटमा गयो।
२० वर्षीय महिलाले अस्पतालको इमर्जेन्सी डिपार्टमेन्टको डाक्टरलाई बताईन कि ब्रश गर्ने समय उनले अचानक टूथब्रश निलेकी थिइन्। बिरामीको अनुसार ब्रश अचानक चिप्लिएर उसको घाँटीमा पुग्यो। उनले ब्रश निकाल्ने कोशिस गरिन तर गल्तीले गर्दा पेटमा पुग्यो।
महिला अस्पतालमा आएपछि उनको मेडिकलजाच, एक्स-रे र सीटी स्क्यान गरियो। यसपछि डाक्टरले महिलालाई छिट्टै अप्रेशन थ्रिएटर लागे। मात्र २० मिनेटमा ग्यास्ट्रोएन्टेरोलोजिष्ट डाक्टर मोहम्मद फौजीको टोलीले ग्यास्ट्रोकोपीको माध्यमबाट उक्त महिलाको पेटमा टुथब्रश भेट्टाए। त्यसपछि उनको पेटबाट सफलतापुर्वक टूथब्रश निकालियो।
बताइएअनुसार यस्तो घटना भएको यो पहिलोपटक भने होइन। केहि महिना पहिला अरुणाचल प्रदेशमा पनि ३९ वर्षीय व्यक्तिले १९ सेन्टिमिटर लामो टूथब्रश निलेका थिए। २४ घण्टाको कडा मेहनतपछि डाक्टरहरूको टोलीले पेटबाट टूथब्रश निकालेका थिए।