हस्तरेखाविज्ञान अनुसार, व्यक्तिको हत्केलामा रहेका रेखा र विभिन्न चिन्हहरूले उनीहरुको भविष्यको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। हत्केलामा केहि यस्ता निशान बनेको हुन्छ जसले उक्त व्यक्ति धनवान तथा समृद्ध हुने संकेत गर्छ। जान्नुहोस् यस्ता रेखा तथा निशानको बारेमा…
हस्तरेखाविज्ञान अनुसार यदि कुनै व्यक्तिको १० औंलाहरूमा चक्र बनेको छ उक्त व्यक्ति माथि भगवान विष्णुको आशिर्वाद प्राप्त हुन्छ। विश्वास गरिन्छ कि यस्ता व्यक्तिहरूले नाम, प्रसिद्धि र प्रतिष्ठा पाउँछन्। नेतृत्व क्षमताको कारण यी मानिस शासन गर्छन्।
यदि हत्केलामा कुनै रेखा शुक्र पर्वत(बुढी औंलाको तलको भाग) हुँदै भाग्यरेखालाई भेट्छ भने उक्त व्यक्ति भाग्यशाली, मेहनती र कर्मठ स्वभावका हुन्छन्। यस्ता मानिसले समाजमा मान प्रतिष्ठा प्राप्त गर्नाले राजयोग जस्तो सुख पाउँछन्।
हस्तरेखाविज्ञान अनुसार, यदि कुनै व्यक्तिको हत्केलामा कुनै माछाको जस्तो आकृति भएको चिन्ह देखिन्छ भने, यो धेरै नै शुभ र भाग्यशाली हुन्छ। यस्ता व्यक्तिको जीवनमा सुख समृद्धि तथा धनको कहिले पनि अभाव हुँदैन।
यदि कुनै व्यक्तिको हत्केलामा कमलको फूलको आकार छ भने, तब उनको कडा परिश्रम र विवेकले उनलाई धन र सम्मान दिन्छ। कमलको फूललाई देवी लक्ष्मीको प्रतीक मानिन्छ। कमलको फूलको आकार विशेषगरी भाग्य रेखा, शनि पर्वत, गुरु पर्वत, जीवन रेखा, शुक्र पर्वतमा बनेको शुभ मानिन्छ।