गुगलले ‘नेशनल क्रश २०२०’ घोषणा गरेपछि अभिनेत्री रश्मिकाले शेयर गरिन यस्तो ट्वीट!

कन्नड फिल्मकी अभिनेत्री रश्मिका मंदानालाई गुगलले नेशनल क्रश अफ इन्डिया २०२० फिमेल घोषणा गरेको छ। गुगलमा नेशनल करह सर्च गर्दा रश्मिको नाम अगाडी आउछ। त्यस्तै सबैभन्दा ठुलो सर्च इन्जिन गुगलले अभिनेत्री रश्मिकालाई नेशनल क्रशको रुपमा छनोट गरेको छ।

यस उपलब्धिपछि रश्मिकाको नाम नेशनल क्रश ह्याशट्यागको साथ ट्रेन्ड भैरहेको छ। रश्मिकाले यसको स्क्रिनसट सामाजिक संजाल ट्वीटरमार्फत शेयर गरेकी थिइन्। उनले स्क्रिनसट  शेयर गर्दै लेखेकी छिन्, ‘ मेरा मानिसहरु वास्तवमा लिजेन्ड छन्, उनीहरु निकै क्युट छन्…छैनन र ? मेरो मुटु उनीहरुसंग छ.’

२४ वर्षकी रश्मिका दक्षिण भारत बाहेक  उत्तर भारतमा पनि निकै लोकप्रिय छिन्। उनले कन्नड, तेलेगु फिल्ममा काम गरेकी छिन्। उनले २०१६ मा ‘किरिक पार्टी’ फिल्मबाट कन्नड सिनेमामा डेब्यु गरेकी थिइन्। यस फिल्ममा उनको अभिनयलाई निकै मन पराइएको थियो र  त्यस वर्षको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको थियो।  अभिनेत्री रश्मिकाले २०१८ मा ‘चालो’ फिल्मबाट तेलेगु सिनेमामा डेब्यु गरिन र अब सुल्तान फिल्मबाट तमिल सिनेमामा डेब्यु गर्दैछिन्।  उनको अहिले मात्रै १० फिल्म रिलिज भएको छ। फिल्मको सफलता र आफ्नो ट्यालेन्टको  कारण उनले निकै फ्यान कमाएकी छिन्।

प्रकाशित : मङ्गलबार, मङि्सर ०९, २०७७१२:३४

मनकारी सोनू सूद, १२ वर्ष देखि पिडा भोगिरहेका बिरामीको गरिदिने भए उपचार !