मनकारी सोनू सूद, १२ वर्ष देखि पिडा भोगिरहेका बिरामीको गरिदिने भए उपचार !

एजेन्सी – भारतीय अभिनेता सोनू सूद पछिल्लो समय समाजसेवाका कारण चर्चामा छन्। कोरोना भाइरसको महामारी नियन्त्रणको लागि भारत सरकारले घोषणा गरेको लकडाउनको समयमा सूदले धेरैको उद्धार गरेका थिए।

उनले घर फर्कन चाहनेहरुलाई घर सम्म पुर्याउने मात्र नभई अलपत्र परेकाहरुको खान-पानको जिम्मा समेत लिएका थिए। त्यति मात्र नभई सूदले सडक मार्गबाट घर फर्कन सम्भव नभएकाहरुलाई हवाई मार्गबाट समेत घर फर्किने व्यवस्था समेत मिलाएका थिए।

महामारीका दिल खोलेर सहयोगमा उत्रिएका सूदलाई त्यहिँ कार्यले विश्वभर चर्चित पनि गरायो। साथ-साथै उनलाई विभिन्न अवार्डले समेत सम्मानित गरियो।

उनै सूदले अहिले १२ वर्ष देखि सर्भाइकल सम्बन्धि समस्या रहेका एक युवकको उद्धार गर्ने भएका छन्। अमनजीत सिंह नाम गरेका एक युवकले ट्वीटर मार्फत सूदलाई उपचारमा सहयोग गरिदिन गएको अनुग्रहलाई सुन्दै सूदले अमनजीतको उपचार गराउने भएका हुन्।

केहि समय अगाडी अमनजीतले सूदलाई सम्बोधन गर्दै आफ्नो पिडा बताएका थिए। ट्वीटरमा अमनजीतले भिडियो राख्दै आफ्नो र पारिवारिक अवस्था बारे जानकारी गराएका थिए भने उनले सूदसंग सहयोगको याचना गरेका थिए। ट्वीटरमा भिडियो देखेसँगै सूदले अमनजीतको उपचारको जिम्मा लिने घोषणा गरिसकेका छन्।

अन्यको उपचारमा पनि गरे सहयोग

सूदले अमनजीतको मात्र नभई अन्य व्यक्तिहरुको पनि उपचारको जिम्मा लिएका छन्। पछिल्लो समय धेरै व्यक्तिहरुले ट्वीटर मार्फत गुहार मागेसँगै सूदले धेरैको उपचारमा सहयोग गरेका छन्।

प्रकाशित : मङ्गलबार, मङि्सर ०९, २०७७१४:०९

आमिर खानकी छोरी इराले प्रेमी फेरिन !