आमिर खानकी छोरी इराले प्रेमी फेरिन !

एजेन्सी – बलिउड नायक आमिर खानकी छोरी इरा खान फिटनेस प्रशिक्षकसँग प्रेममा रहेको खुलेको छ। भारतीय संचार माध्यमहरुका अनुसार इरा फिटनेस प्रशिक्षक नूपुर शिखरेसँग प्रेममा रहेकी छन्।

इराको प्रेमी मिशाल कृपलानीसँग ब्रेकअपको समाचार आएको केहि समय नबित्दै उनी शिखरेसँग प्रेम सम्बन्धमा रहेको खुलेको भारतीय संचार माध्यमहरुको दावी छ।

कोरोना भाइरस महामारी पश्चात भारत सरकारले घोषणा गरेको लकडाउनको समयमा उनीहरु नजिक भएको र कृपलानीसँग ब्रेकअप भएपछि प्रेम सम्बन्ध शुरु भएको बताइन्छ।

इराले नूपुरसँग महाबलेश्वरमा रहेको आमिरको फार्महाउसमा पुगेर छुट्टी समेत मनाएको टाइम्स् अफ इन्डियाले जनाएको छ। उसका अनुसार इराले आमा रिनासँग नपुरको भेट समेत गराइसकेकी छन्।

समाचार अनुसारम इरा मिशाल कृपलानीसँग दुई वर्षदेखि प्रेम सम्बन्धमा थिइन्। इराले आफ्नो ध्यान करिअरतर्फ केन्द्रित गर्न थालेपछि उनीहरुबीच सम्बन्धमा खटपट सुरु भएको र अन्त्यमा उनीहरुको सम्बन्ध टुटेको बताइन्छ।

प्रकाशित : बुधबार, मङि्सर १०, २०७७१७:००

१२ वर्ष देखि थलिएका अमनजीतका लागि भगवान सरह भए सोनू सूद !