१२ वर्ष देखि थलिएका अमनजीतका लागि भगवान सरह भए सोनू सूद !

एजेन्सी – भारतीय अभिनेता सोनू सूदका कारण एक युवकले नयाँ जीवन पाएका छन्। उपचार खर्चको अभावमा लामोसमय देखि थलिएका एक युवकले सूदकै कारण नयाँ जीवन पाएका हुन्।

केहि समय अगाडी अमनजीत सिंह नाम गरेका एक युवकले आफू सर्भाइकल सम्बन्धि समस्याका कारण थलिएको र खर्च अभावमा उपचार हुन नसकेको भन्दै सामाजिक संजाल मार्फत गुहार लगाएका थिए। उनले ट्वीटर मार्फत सूदलाई उपचारमा सहयोग गरिदिन आग्रह गरेका थिए।

अमनजीतको ट्वीट लगतै सूदले ट्वीटर मार्फत नै उपचारमा पूरा सहयोग गर्ने घोषणा गरेका थिए। उक्त घोषणा अनुरुप नै अमनजीतको शल्यक्रिया सफल भएको छ।

सूदलाई गुहार लगाएको १५ दिनमै अमनजीतले नयाँ जीवन पाएका छन्। १२ वर्ष देखि थलिएका अमनजीतको उपचार गराएका सूद यति बेला सामाजिक संजालमा प्रशंसाको पात्र बनिरहेका छन्।

हन त सूदले कसैको उपचारमा सहयोग गरेको यो पहिलो पटक होइन। यस भन्दा अगाडी अनि सूदले धेरैको उपचारमा सहयोग गरिसकेका छन्। पछिल्लो समय सामाजिक संजाल मार्फत सूदसंग सहयोगको याचना गर्ने पनि बढ्दै गएका छन्।

यस अगाडी कोरोना भाइरसको महामारी नियन्त्रणको लागि भारत सरकारले घोषणा गरेको लकडाउनमा सूदले धेरैको उद्धार गरेका थिए। उनले घर फर्कन चाहनेहरुलाई घर सम्म पुर्याउने मात्र नभई अलपत्र परेकाहरुको खान-पानको जिम्मा समेत लिएका थिए। त्यति मात्र नभई सूदले सडक मार्गबाट घर फर्कन सम्भव नभएकाहरुलाई हवाई मार्गबाट समेत घर फर्किने व्यवस्था समेत मिलाएका थिए।

महामारीका दिल खोलेर सहयोगमा उत्रिएका सूदलाई त्यहिँ कार्यले विश्वभर चर्चित पनि गरायो। साथ-साथै उनलाई विभिन्न अवार्डले समेत सम्मानित गरियो।

प्रकाशित : मङ्गलबार, मङि्सर १६, २०७७१४:०२

अन्य देशका यी नायिकाहरु भारतमा मच्चाउदै छन् तहल्का !