अन्य देशका यी नायिकाहरु भारतमा मच्चाउदै छन् तहल्का !

एजेन्सी – भारत विश्वकै सबै भन्दा बढी चलचित्र उत्पादन गर्ने देश हो। भारतमा जति चलचित्र उत्पादन र रिलिज हुन्छन्, त्यति विश्वका कुनै पनि मुलुकमा हुँदैनन्।

धेरै चलचित्र बन्ने गरेकै कारण चलचित्रमा काम गर्नैको लागि विश्वका विभिन्न देशहरुबाट कलाकारहरु पुग्ने गरेका छन्। अन्य देशबाट भारत पुगेर सफलता पाउनेमा धेरै जस्तो नायिकाहरु छन्। जस मध्ये पछिल्लो समय सफल भइरहेका केहि नायिकाहरु बारे जानकारी निम्न छ।

नोरा फतेही

बलिउडमा पछिल्लो सबै भन्दा बढी नोरा फतेहीको चर्चा छ। नोरा फतेही पछिल्लो समय धेरै नै व्यस्त छिन्। चलचित्र देखि म्युजिक भिडियो सम्ममा उनको व्यस्तता छ। नोरा मोरक्कन-क्यानेडाली मोडेल हुन्। उत्कृष्ट नृत्यकलाले नोरालाई बलिउडमा लगभग स्थापित गराइसकेको छ। दिलबर, कमरिया, साकी-साकी जस्ता गीतहरुमा आफ्नो नृत्यकला देखिसकेकी उनी पछिल्लो समय चलचित्रहरुमा पनि देखा पर्न थालिसकेकी छन्।

नरगिस फाखरी

बलिउडमा नरगिस फाखरी नयाँ नाम होइन। नरगिसले रकस्टार, मद्रास क्याफे, हाउसफुल-३ जस्ता चलचित्रमा काम गरिसकेकी छन्। चलचित्र मात्र नभई आइटम नम्बरहरुमा समेत देखापरिसकेकी नरगिस अमेरिकी रहेकी छन्। नगरिस अमेरिका रियलिटी शो अमेरिकन मोडेल सीजन २की समेत सहभागी हुन्।

ज्याक्लिन फर्नान्डेज

ज्याक्लिन फर्नान्डेज पनि भारतीय नभई अन्य मुलुककी हुन्। श्रीलंकाकी नागरिक रहेकी उनी अहिले बलिउडमा चलेकी नायिकाको रुपमा चिनिन्छिन्। ज्याक्लिनले सन् २००९ मा चलचित्र अलादीनबाट बलिउड करियर शुरु गरेकी थिइन्। अहिले सम्म उनले २ दर्जन भन्दा बढी चलचित्रमा काम गरिसकेकी छन्।

कटरिना कैफ

अन्य देशबाट आएर बलिउडमा सबै भन्दा बढी सफल भएकी नायिकामा कटरिना पर्छिन्। ब्रिटिश भारतीय मूलकी कटरिनाले दर्जनौं भारतीय चलचित्रमा काम गरिसकेकी छन्। कटरिनाले हिन्दी भाषा मात्र नभई तेलुगु र मलयालम चलचित्रहरुमा पनि काम गरिसकेकी छन्।

सनी लियोनी

बलिउडमा सनी लियोनी पनि नौलो नाम होइन। वयष्क चलचित्र क्षेत्र छाडेर बलिउडमा प्रवेश गरेकी सनी लियोनी भारतीय होइनन्। सनीको वास्तविक नाम करनजीत कौर वोहरा हो। सनी क्यानेडाली हुन्।

प्रकाशित : मङ्गलबार, मङि्सर १६, २०७७१९:१६

उदितनारायणका छोरा आदित्यले गरे श्वेतासँग विवाह ! [तस्विर सहित]