दुर्भाग्यको शृंखला: पहिला डेंगु, मलेरिया र कोरोनाभाइरसको संक्रमण भयो, अहिले कोब्राले डस्यो !

एजेन्सी – बेलायतका इयान जोन्स पछिल्लो केहि समय देखि भारतमा छन्। परोपकारी कार्यमा सक्रिय रहेका उनलाई पछिल्लो केहि समय देखि दुर्भाग्यले पच्छ्याइरहेको छ।

भारतका रहेदेखि नै उनले गार्हो भन्दा गार्हो स्थितबाट गुज्रनु गरेको छ। भारत पुगेदेखि अहिले सम्म उनको ज्यान धेरै पटक मृ’त्युको मुखमा पुगेर उम्किएको छ।

कोरोनाभाइरस, डेंगु र मलेरिया जस्ता घातक रोगलाई उनले जितिसकेका छन्। अझै पनि खराब भाग्यले उनको साथ छाडेको छैन। पछिल्लो समय उनी सर्पको ड’साइसँग लड्दै छन्।

कोरोनाभाइरस, डेंगु र मलेरिया जस्ता रोगबाट उम्किएका उनलाई केहि दिन अगाडी मात्रै सर्पले टो’केको हो। राजस्थानको जोधपुरमा हुँदा उनलाई कोब्राले ड’सेको बताइएको छ। भारत गएदेखि नै दु’र्भाग्यको शृंखला भोग्न बाध्य उनी अहिले स्वास्थ्य लाभ गरिरहेका छन्।

“सर्पले टो’केपछि जोन्स हामीकहाँ गत हप्ता आएका हुन् । सुरुमा हामीले कोभिड–१९ को संक्रमण (दोस्रो पटक) भएको अनुमान गरेका थियौं। तर कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आयो”,जोन्सको उपचार गरेका स्थानीय मेडिपल्स अस्पतालका डा. अभिषेक तातरले भने,”हामीकहाँ आइपुग्दा उनी होसमै थिए। त्यस समयमा दृष्टि धमिलो भएका कारण उनलाई हिँड्न कठिन भएको थियो । उनमा सर्पले टोकेको सामान्य लक्षण देखिएको थियो ।”

प्रकाशित : मङ्गलबार, मङि्सर ०९, २०७७१३:२८

यी ४ अंगमा कोठी हुने मानिस हुन्छन् अत्यन्त भाग्यशाली, कमाउछन् अथाहा धन !