लगातार एक हप्ता पानीमा भिजाएर खानुहोस् किसमिस, मिल्नेछ यस्ता चमत्कारिक लाभ !

ड्राइ फ्रुट्स हाम्रो शरीरका लागि धेरै फाइदाजनक हुन्छ। यदि तपाईं निश्चित मात्रामा कुनै ड्राइ फ्रुट्स खान्नुहुन्छ भने यसले तपाईंलाई धेरै फाइदा गर्दछ। ती मध्ये एउटा विशेष ड्राइ फ्रुट्स किसमिस हो। किसमिस हाम्रो शरीर तथा स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक हुन्छ। यदि तपाईंले किसमिस भिजाएर खानुभयो तपाईंको शरीरलाई अझ बढी फाइदा हुन्छ। भिजाएर किसमिस खाँदा के कस्ता फाइदा हुन्छन् त ? जान्नुहोस्…

१. किसमिसमा भरपूर मात्रामा फाइबर पाइन्छ जुन हाम्री शरीरको लागि अत्यन्त लाभदायक छ। यदि तपाईं किसमिस भिजाएको पानी पनि पिउनुहुन्छ भने त्यो पनि निकै फाइदाजनक हुन्छ। यसले शरीरको पाचन शक्ति मजबूत बनाउँछ।

२. एक हप्तासम्म किसमिसको सेवन गर्ने हो भने तपाईंको प्रतिरक्षा शक्ति मजबूत हुन्छ र तपाईंमा संक्रमणको जोखिम ठूलो हदसम्म कम हुन्छ।

३. किसमिसमा एन्टि-ब्याक्टेरियल गुण हुन्छ जसले तपाईंको मुख वा सास गनाउने समस्या हटाउन पनि मद्दत गर्दछ।

४. किसमिसमा भरपूर मात्रामा क्यल्सियम पनि हुन्छ जसले हड्डीहरूलाई मजबूत बनाउन मद्दत गर्दछ।

५. किसमिसको सेवन गर्नाले शरीरमा रगतको कमी हुँदैन र तपाईं एनीमिया आदि जस्ता रोगबाट बच्न सक्नुहुन्छ।

६. यदि कसैको कलेजोमा समस्या छ भने किसमिसको सेवन गर्नाले कलेजोमा रहेको विषाक्त पदार्थहरूलाई हटाउने काम गर्दछ।

७. किसमिसले तपाईंको मुटुलाई स्वस्थ राख्छ र तपाईंको मिर्गौलालाई सफा र स्वस्थ राख्न धेरै मद्दतगार साबित हुन्छ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०९, २०७७१८:४०

गोडा फुट्ने समस्याबाट छुटकारा पाउन अपनाउनुस् यस्तो सजिलो घरेलु उपाय [तरिका सहित]