मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
चिसो, कफ र ज्वरोको कारण स्वास्थ्य बिग्रन सक्छ। धर्मको लागि पैसा लुट्ने जस्ता अवस्था सिर्जना हुनेछ। त्यसैले सावधान रहनुहोस्। मानसिक अस्वस्थताको अनुभव हुनेछ। धार्मिक र सामाजिक काममा बढी पैसा खर्च हुनेछ। कुनै गलत ठाउँमा पूँजी लगानी नहोस्, ध्यान दिनुहोला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिवारमा सुख र शान्ति रहनेछ। परिवार र साथीहरूसँग आनन्दमय रूपले समय बित्नेछ। तपाईंको आय र व्यवसाय बढ्नेछ। महिला पक्षबाट लाभ मिल्ने सम्भावना छ। छोरा र पत्नीबाट शुभ समाचार मिल्नेछ। वैवाहिक जीवन सुखमय रूपले बित्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शारीरिक तथा मानिसक स्वास्थ्य राम्रो रहनेछ। रोजगार-व्यवसायमा तपाईंले गरिएको कामको कदर गरिनेछ। पदोन्नतीको योग रहेको छ। समाजमा तपाईंको प्रतिष्ठा बढ्नेछ। सरकारी काममा सफलता प्राप्त हुनेछ। गृहस्थ जीवन आनन्दमय रहनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
धार्मिक यात्राको योग बन्ने देखिन्छ। शारीरिक र मानसिक रूपले प्रसन्न रहनुहुनेछ। भाग्यवृद्धिको योग रहेको छ। परिवारका सदस्य सँग आनन्दमय समय बित्नेछ। विदेशमा यात्रा गर्न अनुकूल संयोग सिर्जना हुनेछ। कर्मचारीहरूले लाभ उठाउनेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईंले स्वास्थ्यको सम्बन्धमा विशेष ध्यान राख्नु पर्छ। खानपानमा विशेष ध्यान राख्नुहोला। नकारात्मक सोच दिमागमा हावी हुनेछ। परिवारका सदस्यहरूसँग सावधान रहनुहोस्। कार्यक्षेत्रमा पनि परिस्थिति अनुकूल नरहला। खर्चमा वृद्धि हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईं आफ्नो जीवनसाथीसँग रमणीय क्षणको आनन्द लिन सफल हुनुहुनेछ। वैवाहिक जीवनमा मधुरता रहनेछ। तपाईं विपरीत लिंग व्यक्तिहरू प्रति आकर्षणको अनुभव गर्नुहुनेछ। सामाजिक र सार्वजनिक क्षेत्रमा मन-प्रतिष्ठा बढ्नेछ। स्वदोष्ठ भोजनका साथै नयाँ वस्त्र तथा वाहन सुख प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
घरमा शान्ति र रमणीय वातावरण हुनेछ। कार्यक्षेत्रमा प्रसिद्धि र सफलता प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। आवश्यक कामको पछाडि खर्च हुनेछ। माइती पक्षबाट शुभ समाचार मिल्नेछ। आर्थिक लाभको सम्भावना छ। कार्यक्षेत्रमा सहकर्मीबाट भरपूर साथ सहयोग मिल्नेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। बच्चाहरूको समस्याले तपाईंलाई चिन्तित तुल्याउनेछ। मानहानि हुने सम्भावना रहेको छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। विद्यार्थीहरूले अध्ययनमा सफलता प्राप्त गर्नेछन्। सफलतापूर्वक वित्तीय योजना पूरा गर्न सक्षम हुनुहुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
शारीरिक तथा मानिसक स्फूर्तिको अभाव रहनेछ। परिवारमा नकारात्मक वातावरण रहनेछ। आमासँग मनमुटाव हुनसक्छ वा उहाँको स्वास्थ्यको बारेमा चिन्ता हुनेछ। सावधान रहनुहोस् कि सार्वजनिकमा अपमान नहोस्। खानपानमा विशेष ध्यान दिनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दैनिक कार्यमा अनुकूल परिस्थिति सिर्जना हुनेछ। गृहस्थजीवनमा रहेको समस्या समाधान हुने सम्भावना रहेको छ। सम्पत्ति सम्बन्धी कामको समाधान हुनेछ। व्यापारमा आर्थिक लाभ हुनेछ। विद्यार्थीहरूका लागि दिन अत्यन्त शुभ रहनेछ। प्रिय व्यक्तिसँग भेट हुनेछ। नयाँ काम सुरु गर्नको लागि अनुकूल दिन छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बोलीमा संयम राख्न जरूरी देखिन्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोस्। अनावश्यक खर्च रोक्नुहोस्। काममा कम सफलता मिल्नेछ। तपाईले सन्तुष्टि महसुस गर्नुहुनेछ। स्वास्थ्य बिग्रन सक्छ। विद्यार्थी वर्गको लागि दिन शुभ रहने छैन। आर्थिक हानिको सम्भावना छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
घरमा मांगलिक कार्य आयोजना हुनसक्छ। नयाँ कार्य आरम्भ गर्नको लागि दिन शुभ रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। रमणीय यात्राको योग बन्ने देखिन्छ। शारीरिक तथा मानिसक रूपले तपाईं स्वस्थ रहनुहुनेछ।