आज सुन १ सय ४३ दिन यताकै सस्तो !

काठमाडौँ – बुधबार असार २४ गते यताकै सस्तो मूल्यमा कारोबार भएर दुई दिन स्थित रहेको सुनको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैंयाले घटेको छ।

शुक्रबारको गिरावटसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अगाडी सुनको मूल्य बुधबार १ हजार रुपैंयाले घटेको थियो। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ५ सय कायम भएको थियो। बुधबार कायम भएको सुनको मूल्य असार २४ गते यताकै कम थियो। बिहिबार भने सुनको मूल्य स्थिर रहेको थियो।

मङ्सिर महिना शुरु भएयता सुनको मूल्य लगातार घटिरहेको छ। मङ्सिर १ गते ९५ हजार १ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार सम्म आइपुग्दा तोलामा ३ हजार ८ सयले घटिसकेको छ।

सुन १ सय ४३ दिन यताकै सस्तो

शुक्रबार कायम भएको सुनको मूल्य १ सय ४३ दिन यताकै कम रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार कायम भएको सुनको मूल्य असार २४ गते यताकै कम हो। त्यसदिन सुन तोलामा ९१ हजार ५ सयमा कारोबार भएको थियो। त्यसदिन यता सुनको मूल्य शुक्रबार मूल्य सम्म झरेको थिएन।

चाँदीको मूल्यमा सामान्य गिरावट

शुक्रबार चाँदीको मूल्यमा सामान्य मात्र गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १० रुपैंयाले घटेर १ हजार १ सय ६५ कायम भएको छ।

प्रकाशित : शुक्रबार, मङि्सर १२, २०७७११:०४

आज सुनको मूल्य करिब ५ महिनायता कै सस्तो !