आज सुनको मूल्य करिब ५ महिनायता कै सस्तो !

आइतबार सुनको मूल्य असार २२ गते यताकै सस्तो भएको छ। बिहिबारको  तुलनामा शुक्रबार २ सय रुपैंयाले घटेको सुनको मूल्यमा आज आइतबार पनि ६ सय रुपैंयाले गिरावट आएको छ।

नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला रु ९० हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

मङ्सिर महिना शुरु भएयता सुनको मूल्य लगातार घटिरहेको छ। मङ्सिर १ गते ९५ हजार १ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार सम्म आइपुग्दा तोलामा ४ हजार ४ सयले घटिसकेको छ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैंयाले घटेर १ हजार १ सय ५० कायम भएको छ।

प्रकाशित : आइतबार, मङि्सर १४, २०७७११:४०

शेयर बजारमा नयाँ रेकर्ड, एकै दिन ९ अर्ब २२ करोडको कारोबार !