जाडोमा अनुहार फुट्ने समस्याबाट यसरी पाउनुहोस् छुटकारा !

जाडो मौसममा छाला सुख्खा हुने र फुट्ने समस्या बढ्छ। छाला रुखो हुन्छ। यदि सुख्खा छालाको ख्याल गरेन भने अवस्था झन गम्भीर हुन्छ र छालामा जलनको समस्या पनि हुनसक्छ। सूर्यको किरण, प्रदूषण, चिसो हावा र शरीरमा पोषक तत्वहरूको अभावले यस्ता समस्या देखा पर्छ। प्राकृतिक विधिहरू प्रयोग गरेर छाला सम्बन्धि समस्याबाट छुटकारा पाउन सकिन्छ।

मेवा

छाला फुट्ने समस्याको लागि मेवा लाभदायक हुन्छ। त्यसको लागि, मेवाको गुदी निकालेर पेस्ट तयार गर्नुहोस्। त्यसपछि, तयार पेस्ट अनुहारमा लगाएर मालिस गर्नुहोस्। यसलाई १०-१५ मिनेट त्यत्तिकै छाड्दिनुहोस्। १०-१५ मिनेटपछि तातो पानीले मुख धुनुहोस्। मेवामा पाइने भिटामिन ए र पपाइन एन्जाइमले मृत छाला हटाउनुका साथै कालो दाग-धब्बा हटाउँछ।

जैतुनको तेल

छालाको नामी कम हुन नदिनको लागि ३ चम्चा जैतुनको तेलमा एक चम्चा क्यास्टर तेल मिक्स गर्नुहोस् र यसले अनुहारमा स्टीम गर्नुहोस्। यसले मृत छाला हटाउँछ। मनतातो पानीमा डुबाएको कपडा निचोरेर अनुहार कभर गर्नुहोस्। चिसो भएपछि हटाउनुहोस्। यसो गर्नाले छाला मुलायम हुन्छ।

कागती

जाडोमा कागतीको रस प्रयोग गर्दा छाला नरम हुन्छ। ग्लिसरीनको साथ कागतीको रस मिलाएर छालामा लगाउनुहोस्। कागतीको फेस प्याकले अनुहारमा सुधार ल्याउँछ। छालामा कागतीको रस प्रयोग गर्दा सुरुमा जलन हुनसक्छ। रस अनुहारमा लगाउनुहोस् र १० मिनेट पछि धुनुहोस्।

प्रकाशित : शुक्रबार, मङि्सर १२, २०७७१७:५१

जाडो महिनामा अम्बा खानु हुन्छ फाइदै-फाइदा !