काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक शुरु भएको छ। पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद चलिरहेका बेला शनिबार दिउँसो सचिवालय बैठक शुरु भएको हो।
शनिबारको बैठकमा पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव मार्फत लगाएको आरोपको लिखितरुपमै जवाफ दिने प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष ओलीको तयारी रहेको छ।
बैठकमा ओली लिखितरुपमै जवाफ दिनेगरी बैठकमा उपस्थित भएका छन् । बैठक बसिरहेको अवस्थाका केहि तस्विर सार्वजनिक भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक मार्फत तस्विरहरु सार्वजनिक गरेका हुन्।
सार्वजनिक भएका तस्विरहरुमा ओली रातो झोला सहित उपस्थित भएको देखिएको छ। ओली बसेको टेबुलमा रहेको रातो झोलामा प्रचण्डलाई जवाफ दिन ल्याएको प्रतिवेदन राखिएको बुझिएको छ ।