चीनले भन्यो – ‘कोरोना भाइरस भारतबाट चीनमा र विश्वभर फैलिएको रहेछ’

एजेन्सी – चीनका वैज्ञानिकहरुले भारतबाट कोरोना भाइरस विश्वभर फैलिएको बताएका छन्। भारतीय संचार माध्यमहरुका अनुसार चीनले कोरोना भाइरस चीनबाट नभई भारतबाट विश्वभर फैलिएको दावी गरेको हो।

चिनियाँ एकेडेमी अफ साइन्सका वैज्ञानिकहरूले कोरोना भाइरस चीनमा भन्दा अगाडी भारतमा फैलिएको र त्यो पछि चीन र विश्वभर फालिएको दावी गरेको भारतीय सञ्चारमाध्यम नव भारत टाइम्सले जनाएको छ।

कोरोना भाइरस भारतमा गर्मी मौसममा २०१९ मा फैलिएको चीनका वैज्ञानिकहरूले दावी गरेको नव भारत टाइम्सले समाचारमा उल्लेख गरेको छ। भारतको खराब स्वास्थ्य प्रणाली र युवाहरूको कारण कोरोना भाइरस कोरोना भाइरस सम्पर्क नआएका मानिसमा समेत सरेको चिनियाँ वैज्ञानिकहरु दावी रहेको छ।

कोरोनाको उद्गमस्थल चीनको वुहान शहर बताइएपनि चीनले भने वुहानमा कोरोना भाइरस अन्यत्रबाट आइपुगेको दावी गर्ने गरेको छ। कोरोना भाइरस को सम्बन्धमा छानबिन तथा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले आफ्नो टोलि पठाएको छ। उक्त टोलिले कोरोना भाइरसको स्रोत बारे अनुसन्धान गरिरहेको छ।

चिनियाँ एकेडेमी अफ साइन्सका वैज्ञानिकहरूले कोरोना भाइरस भारतबाट फैलिएको भन्दै गरेको दावीलाई अन्य देशहरुका वैज्ञानिकहरुले भने अस्विकार गरेका छन्। चिनियाँ वैज्ञानिकहरुले गरेको दावीलाई पुष्टि गर्ने प्रमाण नरहेको अन्य देशहरुको तर्क छ।

प्रकाशित : शनिबार, मङि्सर १३, २०७७१४:५६

“कमरेड ! आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्नु पर्ने लज्जास्पद अवस्थामा पुग्नु भएको बिर्सनुभयो?”